nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 17th May, 2024
वि.स.
1000043965-1707579226.jpg

इन्टरनेट अध्यक्षद्वारा चार विद्यार्थीलाई छात्रवृत्ति 

मकवानपुरको चर्चित फुटबल क्लब एफसी इन्टरनेटका अध्यक्ष तथा मकवानपुर जिल्ला फुटबल संघका प्रथम उपाध्यक्ष मणिष श्रेष्ठले विपन्न तथा जेहेन्दार चार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने भएका छन् । 

श्रेष्ठले हेटौंडा–२२, हटियास्थित वालबोध उच्च माविमा अध्ययनरत् तीनजना तथा हेटौंडाको सिटी कलेजमा अध्ययनरत् एक जना विद्यार्थीका लागि एक वर्ष बराबरको कलेजमा लाग्ने सम्पूर्ण शुल्क उपलब्ध गराउने प्रतिवद्धता जनाएका हुन् । उनले वालबोधमा अध्ययनरत् विष्णुमाया श्रेष्ठ, मीना तिमल्सिना र प्रतिमा सुवेदीलाई एकमुष्ट २५ हजार तीनसय ५० तथा सिटी कलेजमा अध्ययनरत् शैलेस ढकाललाई एक वर्षको मासिक शुल्कबापत १२ हजार रुपिया“ गरी कुल ३६ हजार तीनसय ५० रुपिया“ छात्रवृत्तिबापत् प्रदान गर्न लागेका हुन् । उनले विद्यालय तथा कलेजको वार्षिक अभिभावक भेलाको समयमा रकम विद्यालयका शिक्षक तथा अभिभावकबीच प्रदान गर्ने तयारी गरेका छन् । ‘पैसाको अभावमा पढाइ रोकिनु हुन्न भन्ने मान्यतासाथ सहयोग गर्न लागेको हु“ । 

आगामी दिनमा पनि मेरो तर्फबाट सहयोग जारी रहनेछ’, उनले भने । उनका अनुसार खेल क्षेत्रमा लामो समयदेखि योगदान पु¥याउ“दै आएपनि शैक्षिक क्षेत्रमा पहिलोपटक सहयोग उपलब्ध गराउन लागिएको हो । ‘अब खेलस“गै शिक्षालाई पनि सहयोग गरेर अगाडि बढाउने प्रयात्न गर्नेछु’, उनले भने ।