Sunday, 23rd August, 2026
वि.स.

इजरायलमा ‘केयरगिभर’ का लागि आजबाट अनलाइन आवेदन खुला, यहाँबाट भर्न सकिन्छ

823-1627362905Israel-1627367237.jpg

वैदेशिक रोजगार विभागले इजरायलमा केयरगिभरका लागि आवेदन खुलेको छ।

विभागले १२ साउनमा सूचना जारी गर्दै इजरायलमा केयरगिभरका लागि आवेदन खुला गरेको हो। यसका लागि २१ दिनभित्र विभागको वेबसाइटमा गई अनलाइन आवेदन दिनुपर्नेछ। 

इजरायलले पहिलो चरणमा १ हजार कामदार लैजानेछ। विभागका अनुसार त्यसमा ७० प्रतिशत महिला र ३० प्रतिशत पुरुष लैजानेछ। 
मासिक तलब लगभग १ हजार ६०० अमेरिकी डलर (नेरु १ लाख ८८ हजारभन्दा बढी)  विभागले जनाएको छ। 

विभागका अनुसार सातामा ५ दिन काम गर्नुपर्नेछ। ओभर टाइम र सेवासुविधा भने इजरायली सरकारको नियमअनुसार हुनेछ।

खाना खर्च कामदार स्वयंले व्यहोर्नुपर्नेछ भने बस्ने सुविधा रोजगारदाताले विदेशी कामदारसम्बन्धी नियमअनुसार व्यवस्था गर्नेछ।

केयरगिभरमा जानका लागि नेपाली नागरिकको हकमा २५ वर्ष उमेर पूरा भई ४५ वर्ष ननाघेको हुनुपर्नेछ। उचाइ कम्तीमा १.५मिटर र तौल ४५ केजी हुनुपर्नेछ।

शैक्षिक योग्यताको हकमा कम्तीमा १० कक्षा उत्तीर्ण गरी अनमी वा सीएमएसम्बन्धी विषयमा १५ महिनाको अध्ययन पूरा गरेको अथवा १२ कक्षा वा सोसरहको शैक्षिक योग्यता हासिल गरी सरकारबाट मान्यता प्राप्त प्रशिक्षण केन्द्रमार्फत तालिम लिएको हुनुपर्नेछ। अंग्रेजी भाषामा दक्ष हुनुपर्नेछ।

शारीरिक तथा मानसिक रुपमा स्वस्थ र असल चरित्र भएकाले आवेदन दिन पाउनेछन्। 

यहाँ बाट दिन सकिन्छ अनलाइन आवेदन । 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif