Thursday, 27th August, 2026
वि.स.

आर्थिक वर्ष २०७८/७९ मा थाहा नगरपालिकालाई संघीय सरकारको ४३ करोड अनुदान

5f0ff62440d8b_taha-1622442234.png

संघीय सरकारले आर्थिक वर्ष २०७८/७९ मा थाहा नगरपालिकाको लागि ४३ करोड ५५ लाख विनियोजन गरेको छ । संघीय सरकारले सातवटा प्रदेश सरकार र स्थानीय सरकारलाई बजेट भाषणमार्फत् अनुदानको घोषणा गर्ने क्रममा थाहा नगरपालिकाको लागि सो रकम विनियोजन भएको हो । 

संघीय सरकारले थाहा नगरपालिकालाई समानीकरण, सर्शत, विशेष र समपूरक अनुदान गरी कुल ४३ करोड ५५ लाख विनियोजन गरेको  जनाइएको छ । 

४३ करोड ५५ लाख अन्तर्गत समानीकरण अनुदान १३ करोड ४७ लाख, सशर्त अनुदान २७ करोड ३५ लाख, विशेष अनुदान १ करोड ८ हजार र समपुरक अनुदान १ करोड ६५ लाख रहेको छ । कूल अनुदानमध्ये चालतर्फ ३८ करोड ६९ लाख र पूजीगततर्फ ५ करोड ९४ लाख रहेको छ । 

थाहा नगरपालिका संघको बढी अनुदान पाउने मकवानपुरको १० पालिकाहरु मध्ये दोस्रो हो ।  हेटौँडा उपपहानगरपालिकाले १ अर्ब १ करोड ९१ लाख पाउने भएको छ । 

इन्द्रसरोवर गाउँपालिकालाई २० करोड ६७ लाख, कैलाशलाई २६ करोड २३ लाख, बकैयालाई ४० करोड, बागमतीलाई ३१ करोड ३३ लाख, भीमफेदीलाई ३३ करोड ६३ लाख, मकवानपुरगढीलाई ३८ करोड ९७ लाख, मनहरीलाई ३३ करोड ९७ लाख र राक्सिराङ गाउँपालिकालाई ३० करोड ३८ लाख बजेट विनियोजन गरिएको छ । 
 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif