Saturday, 15th August, 2026
वि.स.

आमभञ्ज्याङमा जिल्लास्तरीय भलिवल हुने, पहिलाे हुनेलाई ६६,६६६ पुरस्कार

IMG_20211222_094220-1640145949.jpg

मकवानपुरगढीकाे आमभञ्ज्याङमा जिल्ला स्तरीय रनिङ शिल्ड पुरुष भलिवल प्रतियोगिता हुने भएको छ । आमभञ्ज्याङ युवा क्लब मकवानपुरगढी ५ को आयोजनामा प्रतियोगिता हुन लागेको हो ।

हेटौंडामा पत्रकार सम्मेलन गर्दै १४ पुसदेखि १७ पुससम्म प्रतियोगिता हुने जानकारी दिइएको हाे । प्रतियोगितामा प्रथम हुनेले ६६ हजार ६६६ नगद सहित शिल्ड, मेडल र प्रमाणपत्र र द्धितिय हुनेले ३३ हजार ३३३ नगद सहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने क्लबका अध्यक्ष राजेश अधिकारीले बताए ।

प्रतियोगितामा तृतीय हुनेले १५ हजार सहित शिल्ड, मेडल र प्रमाणपत्र र सान्त्वना हुनेले ५ हजार नगद सहित प्रमाणपत्र प्रदान गरिने अध्यक्ष अधिकारीले बताए ।

प्रतियोगितालाई मकवानपुरगढी गाउँपालिकाले प्रायोजन गरेको छ । प्रतियोगितामा उत्कृष्ट खेलाडीलाई ५ हजार, वेष्ट स्पाइकरलाइ २ हजार, वेष्ट सेटरलाई २ हजार, वेष्ट ब्लकरलाई २ हजार र अनुशासित टिमलाई ३ हजार पुरस्कार रहेको आयोजकले जनाएको छ ।

प्रतियोगितामा टिम दर्ता गर्न २ हजार दस्तुर लाग्ने र टिम दर्ता १३ पुस दिउँसो ३ बजेसम्म गरिसक्नुपर्ने कार्यक्रम संयोजक ईन्द्रप्रसाद सञ्जेलले बताए । खेलको टाइसिट भने १३ पुस दिउँसो ४ बजे सार्वजनिक गरिने उनले बताए । प्रतियोगितामा करिब १० देखि १४ वटा टिमले नाम दर्ता गर्नसक्ने अनुमान आयोजकले गरेको छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif