Thursday, 27th August, 2026
वि.स.

आफ्नै बुवाको हत्या गरेको अभियोगमा पक्राउ

h-1615972887.jpg

आफ्नै बुवा ५८ वर्षीय जुम बहादुर कामीको हत्या गरेको अभियोगमा अन्नपूर्ण गाउँपालिका-३ पाउँदुरकोट घर भई हाल पोखरा महानगरपालिका-३२ महकुना बस्ने ३४ वर्षीय रामकृष्ण कामीलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

घरको भर्‍याङबाट लडेर जुम बहादुरको मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय कास्की र ईलाका प्रहरी कार्यालय शिसुवा मुकाम डाँडाकोनाकबाट खटिएको प्रहरीले घटना शंकास्पद देखिएपछि अनुसन्धान गर्दा आइतबार राति बाबु छोराबीच विवाद भएपछि रामकृष्णले काठले प्रहार गर्दा बाबु जुम बहादुरको मृत्यु भएको खुल्न आएको हो । 

घटनास्थलबाट रगत जस्तो रातो पदार्थ लागेको ढोका लगाउन प्रयोग हुने चारपाटे काठ प्रहरीले बरामद गरेको छ ।
उनलाई कर्तव्य ज्यान मुद्धामा जिल्ला अदालत कास्कीबाट १० दिन म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ
 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif