Tuesday, 19th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

आफू चढ्ने गाडी एम्बुलेन्स बनाउने प्रजिअको घोषणा

ambulance-1620382777.jpg

 दार्चुलाका प्रमुख जिल्ला अधिकारी शिद्धराज जोशीले आफूले चढ्ने गाडीलाई महामारीमा बिरामी बोक्ने एम्बुलेन्सको रुपमा प्रयोग गर्ने घोषणा गरेका छन्। कोरोना महामारीमा बिरामीलाई एम्बुलेन्सको अभाव हुन नदिन प्रजिअ जोशीले यस्तो घोषणा गरेका हुन्।

प्रमुख जिल्ला अधिकारी जोशीले जिल्ला प्रशासन कार्यालय दार्चुलाको बा २ झ ६७ नम्बरको गाडी कोरोना भाइरस संक्रमित बाहेकका बिरामीलाई बोक्ने गरी एम्बुलेन्सको रुपमा प्रयोग गरिने बताए।

शुक्रबार जिल्ला प्रशासन कार्यालय दार्चुलामा बसेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र दार्चुलाको बैठकमा प्रजिअ जोशीले आफूले चढ्दै आएको गाडीलाई बिरामी बोक्ने एम्बुलेन्सको रुपमा प्रयोग गर्ने घोषणा गरेका हुन्।



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०