Tuesday, 25th August, 2026
वि.स.

आफूखुसी राहत वितरण नगर्न प्रशासनको आग्रह, बेवास्ता गरे कारवाही गरिने (सूचनासहित)

184762430_396526798022771-1623414318.jpg

जिल्ला प्रशासन कार्यालय मकवानपुरले आफूखुसी राहत बितरण नगर्न आग्रह गरेको छ । जिप्रकाले एक सूचना जारी गर्दै कोरोना संक्रमित तथा प्रभावित परिवारलाई राहत बितरण गर्दा सम्बन्धित निकायबाट अनुमति लिई राहत सामग्री बितरण गर्न आग्रह गरेको छ ।

जिल्लामा पछिल्लो समय राहत सामग्री आफु खशी ढंगबाट वितरण भएको गुनासो बढेको थियो । राहत बितरण गर्न इच्छुक ब्यक्ति वा संस्थाले स्थानियतह तथा कोभिड ब्यवस्थापन समिति, मकवानपुरबाट अनुमति लिएर मात्रै राहत सामग्री बितरण गर्न गराउन सुचनामा भनिएको छ ।

अनुगमनको क्रममा अनुमति बेगर राहत सामग्री बितरण गरिएको पाईएमा प्रचलित कानुन बमोजिम कारवाही गरिने सूचनामा उल्लेख गरिएको छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif