Monday, 24th August, 2026
वि.स.

आपसी विवादमा झापामा घाँटी कसेर साथीको हत्या, आरोपी पक्राउ

Murder1623903793-1623926928.jpg

झापाको मेचीनगरमा एक जनाको हत्या भएको छ। बुधबार राति साढे ८ बजे मेचीनगर-५ इँटाभट्टा अधेरी टोलका ४० वर्षीय भीमराज राईको हत्या भएको हो।

उनको शव मुखबाट रगत आइरहेको अवस्थामा फेला परेको थियो। उनको घाँटीमा खुट्टा मर्किँदा बाँध्ने कपडा कसिएको थियो।

उक्त घटनामा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई राति नै पक्राउ गरेको छ।

मेचीनगर-५ कै ५६ वर्षीय सुकराज लिम्बुलाई नियन्त्रणमा लिइएको झापाका प्रहरी उपरीक्षक सानुराम भट्टराईले बताए।

यस्तै, लाइफलाइन अस्पताल स्वास्थ्य विज्ञान प्रतिष्ठान दमकमा अध्ययनरत् विद्यार्थी स्रेजल कोइरालाको हत्यामा संलग्न एकलाई प्रहरीले पक्राउ गरेको छ।

प्रहरीले दमक-६ रातोपुल बस्नेत २८ वर्षीय अरूण राईद्याई पक्राउ गरेको हो।

इलाम देउमाई नगरपालिका-४ मंगलबारे घर भई दमक डेरा गरेर बस्ने १९ वर्षीया स्रेजल कोइरालाको जेठ २६ गते बेलुका हत्या भएको थियो।

रेडियोग्राफी तेस्रो वर्षमा अध्ययनरत् उनको दमक-५ स्थित कोठामै हत्या गरिएको थियो।

कोइरालाको घाँटी, चिउँडोमुनि निलडाम देखिएको थियो।

पक्राउ परेका राईसहितले कोइरालालाई घाइते अवस्थामा लाइफलाइन अस्पताल पुर्‍याएका थिए।

अनुसन्धानको घेरामा राई नै परेपछि उनलाई पक्राउ गरी बुधबार झापा अदालतबाट ७ दिनको म्याद थपेर अनुसन्धान थालिएको प्रहरी उपरीक्षक भट्टराईले बताए।

https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०

Thaha-002-1774415222.gif