nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 26th April, 2024
वि.स.
1000043965-1707579226.jpg

आज १० जेठमा थाहा नगरकार्यपालिकाको निर्वाचन हुँदै, मैदानमा माओवादी, एमाले र समाजवादीका उमेदवारहरु

thaha-nagarkaryapalika-1653371904.jpg

आगामी ५ वर्षका लागि थाहा नगरपालिकामा आज १० जेठमा नगर कार्यपालिकाको निर्वाचन हुँदैछ । ऐन अनुसार नगर कार्यपालिकाको ५ महिना र ३ अल्पसङ्ख्यक वा दलित सदस्यका लागि निर्वाचन हुन लागेको हो । गाउँ कार्यपालिका तथा नगर कार्यपालिका निर्वाचन निर्देशिका २०७४ अनुसार महिला, दलित र अल्पसङ्ख्यक सदस्यका लागि निर्वाचन गर्नुपर्ने प्रावधान छ ।

निर्वाचन कार्यालयका अनुसार ८ पदमध्ये नेकपा एमालेले महिला सदस्यमा ५ र दलित वा अल्पसंख्यकमा १ गरी ६, नेकपा माओवादी केन्द्रले महिला सदस्यमा ५ र दलित वा अल्पसंख्यकमा २ गरी  ७ र नेकपा एकीकृत समाजवादीले दलित वा अल्पसंख्यकमा १ उमेदवारी दिएको छ । 

नेकपा एमालेले दलित÷अल्पसंख्यकमा अशोक  खाती चनारा, महिला सदस्यहरुमा बिमला पाख्रीन, शर्मिला बस्नेत, सानुमैया विश्वकर्मा, उर्मिला कामी र कान्छीमाया वाइवाको उमेदवारी दिएको छ । 

यसैगरी नेकपा माओवादी केन्द्रले दलित वा अल्पसङ्ख्यकमा राम दर्जी, रामप्रसाद विश्वकर्मा, महिला सदस्यहरुमा रितु कार्की, अञ्जु श्रेष्ठ, पवित्रा कार्की (ठकुरी), अनिता बल र चन्द्रमाया थिङको उमेदवारी दर्ता गराएको छ ।

एकीकृत समाजवादीबाट दलित वा अल्पसङ्ख्यकतर्फ जनकबहादुर कामीको उमेदवारी दर्ता गराएको छ ।

स्थानीय तह निर्वाचनको अन्तिम परिणाम सार्वजनिक भएको १५ दिनभित्र गाउँ कार्यपालिका र नगर कार्यपालिका गठनका लागि निर्वाचन गर्नुपर्ने प्रावधान छ । 

निर्वाचनमा मतदाता ३० वैशाखमा भएको स्थानीय तह निर्वाचनबाट निर्वाचित जनप्रतिनिधि नै हुनेछन् । 

निर्वाचनबाट गाउँ कार्यपालिकाको हकमा चार जना महिला सदस्य र दलित वा अल्पसङ्ख्यक पदमा दुई जना सदस्य निर्वाचित गर्नुपर्ने प्रावधान छ । नगर कार्यपालिकामा भने पाँच जना महिला सदस्य र दलित वा अल्पसङ्ख्यक पदमा तीन जना सदस्य निर्वाचित गर्नुपर्ने भनिएको छ ।
 



https://www.thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)