Wednesday, 22nd April, 2026
वि.स.
Thaha-002-1774415222.gif

आज रुपचन्द्र विष्ट स्मृति दिवस, माल्यार्पण गरिँदै

FB_IMG_15927264066847842-1624239626.jpg

थाहा अर्थात् मान्छेमा चेतना जनाउने अभियान । हो, यही अभियानका संस्थापक अभियन्ता हुन् रुदाने अर्थात रुपचन्द्र दामन नेपाल । उनको खास नाम रुपचन्द्र विष्ट भए पनि उनी आफूलाई रुदाने भनेर चिनाउँथे ।

उनै रुदानेले थालेका हुन् निष्पक्ष सक्रियताको अभ्यास थाहा आन्दोलन । उनको जन्म वि.स. १९९० पौष २६ गते बाबु पदमबहादुर विष्ट र आमा चित्रकुमारीको कोखबाट मकवानपुरको दामनमा भएको हो । सम्भ्रान्त परिवारमा जन्मेका उनी दार्शनिक नेता थिए । राष्ट्रिय पञ्चायतका सदस्य समेत बनेका उनी किसान र मजदुरको पक्षमा राजनीति गर्दथे ।

जनमुखी राजनीति गरेर पटक पटक जेल जीवन बिताएका रुदानेले अहिलेका प्रधानमन्त्री केपी शर्मा ओलीसँग समेत जेल जीवन बिताएका थिए । उनी भन्ने गर्दथे, “केटाकेटी बिग्रे बाबुआमा दोषी, जनता बिग्रे सरकार दोषी, सरकार बिग्रे व्यवस्था दोषी, व्यवस्था बिग्रे अगुवा दोषी । यि र यस्ता थुप्रै महावाणीहरु छन् उनका जसले अचेलको राजनीति र नयाँ पुस्तालाई सोचमग्न बनाएको छ ।

रुदानेको २०५६ साल असार ७ गते निधन भएको थियो । ७ असार आज जनमुखी नेता रुदानेको स्मृति दिवस हो । उनको जन्मथलोमा थाहा नगरपालिकाले आज एक कार्यक्रम गर्दैछ । काराेनाकाे जाेखिम रहेकाेले सामान्य ढंगले रुपचन्द्रकाे शिखरकाेट विकासघरस्थित सालिकमा माल्यार्पण गरिने कार्यक्रम रहेकाे नगरप्रमुख अवशेर विष्टले बताए । 



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०