Sunday, 23rd August, 2026
वि.स.

आज यी १० कम्पनीको भयो सर्वाधिक कारोबार

share-2-1626967187.jpg

नेप्सेमा सूचीकृत मध्ये २ सय २२ कम्पनीका ५ करोड ५९ लाख ६४ हजार ६२ कित्ता सेयर ११ अर्ब ११ करोड ४१ लाख २१ हजार ६१५.७१ रुपैयाँमा खरिदबिक्रि भएको छ।

साताको अन्तिम कारोबारको दिन ७ साउनमा  नेप्से परिसूचक १८ दशमलव ७५ अकंले बढेर ३००४ दशमलव ३१ बिन्दु कायम भएको छ ।

आज कृषि विकास बैंकको सर्वाधिक ४६ करोड २७ लाख रुपैयाँ बढीको कारोबार भएको छ ।

यसैगरी, नेपाल बैंकको ३६ करोड ५ लाख रुपैयाँ, एनआईसी एसिया बैंकको ३६ करोड ४ लाख रुपैयाँ, ङादी ग्रुप पावरको ३४ करोड ३४ लाख रुपैयाँ, सिद्धार्थ बैंकको ३२ करोड ८ लाख रुपैयाँ कारोबार भएको छ ।

यस्तै, मञ्जुश्री फाइनान्सको २८ करोड १६ लाख रुपैयाँ, अरुण काबेली पावरको २२ करोड १० लाख रुपैयाँ, नबिल बैंकको २१ करोड ४१ लाख रुपैयाँ, अरुण भ्याली हाइड्रोपावरको २१ करोड ३१ लाख रुपैयाँ र सानिमा बैंकको १९ करोड ८२ लाख रुपैयाँ बढीको कारोबार भएको छ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif