Sunday, 16th August, 2026
वि.स.

आज गाईजात्रा पर्व मनाइँदै

gaijatra-festival2075_201-1629656822.jpg

भाद्रकृष्ण प्रतिपदाका दिन मनाइने गाईजात्रा पर्व आज देशभर मनाइँदै छ। काठमाडौं उपत्काका काठमाडौं भक्तपुर, पाटनसहित विषेश गरी नेवार समुदाय बसोबास भएका ठाउँमा गाइजात्रा पर्व मनाइन्छ । 

मृत्यु भएको एक वर्ष नपुगेका आफन्तका परिवारले गाइजात्राका दिन मृतक आफन्तको सम्झनामा उनीहरुको तस्बिरका साथै पुत्लाहरु बनाएर आ-आफ्ना इलाका परिक्रमा गराउने प्रचलन छ ।  

गाई र मानिसलाई सिगारी मृतक आफन्तको प्रतिमाका साथ सहर परिक्रमा गर्दै मृतकका  आफन्तले फलफुल, मिठाई, दुध, दही लगायत विभिन्न खानेकुरा र द्रव्य दान गर्ने प्रचलन छ । 

यसरी नगरपरिक्रमा गर्नाले मृत्यु भएका व्यक्तिले मुक्ति पाउने धार्मिक विश्वास रहेको छ ।   गाईजात्रा पर्वको सुरुवात राजा प्रताप मल्लले गराएको मानिन्छ। राजा प्रताप मल्लले पुत्रको मृत्युले शोकले बिह्वल भएकी आफ्नी रानीलाई फकाउनका लागि हाम्रो छोरा जस्तै धेरैका आफन्त मरेका छन् भनी देखाउन आ–आफ्ना मरेका व्यक्तिका नाममा गाईजात्रा निकाली सहर परिक्रमा गराउनू’ भनी आज्ञा दिएको जनश्रुती पाइन्छ । 

यतिले पनि रानीको मन शान्त हुन नसकेकाले गाइजात्रा पर्वमा विभिन्न प्रकारका प्रहसन तथा व्यङ्ग्यात्मक कार्यक्रम पनि गराउने आदेश दिए अनुरूप आजसम्म सोही परम्परा अनुसार यस पर्व मनाइदै आएको मानिन्छ । 

आजदेखि ८ दिनसम्म लगातार विभिन्न जात्रा पर्वहरु मनाउने प्रचलन छ । 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०