Saturday, 4th July, 2026
वि.स.

आजबाट थाहानगरमा शैक्षिक तथा धार्मिक महोत्सव शुरु हुने

Cover-Edu-1483063240.jpg

मकवानपुरको थाहानगर स्थित बज्रवाराही उच्च माविमा शैक्षिक तथा धार्मिक महोत्सव १५ पौषबाट शुरु हुँदै छ । बज्रबाराही उच्च माविलाई देशकै नमूना सामुदायिक विद्यालय बनाउने र उद्देश्यले महोत्सवको आयोजना गरिएको हो । 

बज्रवाराही उच्च मावि प्राङ्गणमा पुस १५ देखि २२ गतेसम्म हुने मकवानपुर थाहा बज्रबाराही शैक्षिक तथा धार्मिक महोत्सवको एक समारोहकाबीच उद्घाटन हुँदैछ । 

विद्यालय प्राङ्गणमा भूपू विद्यार्थीहरु, अध्ययनरत विद्यार्थीहरु, अविभावक तथा नेपाली सेनाको संयुक्त पहलमा यज्ञका मण्डप र टेन्टहरु स्थापना गरिएको छ भने  विभिन्न स्थानमा स्वागतद्धार समेत निर्माण गरिएको मुल व्यवस्थापन समितिका अध्यक्ष महेश्वर सुवेदीले जानकारी दिए । महोत्सवका लागि एक हप्ता अघिदेखि गोबिन्द शरण महाराजजीको टोली व्यवस्थापनमा सक्रिय रहेको र विभिन्न शहरमा रहेका स्थानीयहरु महोत्सवकै लागि गाँउ भित्रने क्रम बढेको सुबेदीले जानकारी दिए 
 



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०

edu.-bb-1483063240.jpg