Sunday, 23rd August, 2026
वि.स.

आजदेखि लामा तथा छोटा दूरीका सम्पूर्ण सार्वजनिक यातायात सञ्चालनमा

vehicle_1_iHwhXHY9pC-1627034011.jpg

८ साउनदेखि लामा तथा छोटा दुरीका सम्पूर्ण सार्वजनिक यातायातहरू पूर्ण रुपमा सञ्चालनमा आएका छन् । 

८ साउनमा राजधानीमा जिल्ला प्रशासन कार्यालय, काठमाडौंका जिल्ला प्रमुख (सीडीओ) कालीप्रसाद पराजुली, महानगरीय प्रहरी परिसर, टेकुका प्रहरी वरिष्ठ उपरिक्षक अशोक घिमिरे, सशस्त्र प्रहरी उपरिक्षक विष्णुप्रसाद भट्ट, महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रहरी नायव उपरिक्षक सुनिलजङ्ग शाहीसहित यातायात व्यवसायी मजदुरहरुको संयुक्त बैठकले आवश्यक स्वास्थ्य सुरक्षाका अधिकतम प्रयोग गरी सार्वजनिक यातायात पूर्ण रुपमा खोल्ने निर्णय गरेको हो । 

बैठकले दुई महत्वपूर्ण निर्णय गर्दै शुक्रबार देखिनै सार्वजनिक यातायात पूर्ण रुपमा सञ्चालन गर्ने गरी निर्णय गरेको अखिल नेपाल यातायात मजदुर संघका अध्यक्ष रामचन्द्र कार्कीले जानकारी दिए । 

बैठकले गत साउन ५ गतेको गृहमन्त्रालयको पत्रअनुसार नेपाल सरकार मन्त्रिपरिषद्को निर्णय बमोजिम काठमाडौं उपत्यकाबाट मध्यम तथा लामो दूरीका सार्वजनिक सवारी साधन स्वास्थ्य मापदण्डको पूर्ण परिपालना गरी संचालन गर्ने र प्रस्थान विन्दुबाट यात्रुबाहक बस प्रवेश विन्दुमा प्रवेश गर्दा अनिवार्य रुपमा यात्रुहरूको मोबाइल नम्बरको विवरणसहित चलानी प्रवेश विन्दुको ट्राफिक प्रहरी पोष्टमा बुझाउनु पर्ने निर्णय गरेको छ । मुलुकमा कोरोना भाइरसको दोस्रो संक्रमण बढेसँगै गत बैशाख १६ गतेदेखि निषेधाज्ञामा गएसँगै सार्वजनिक यातायातको क्षेत्र पूर्णतः प्रभावित हुँदै आएको छ ।  



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०

vehicle_1_iHwhXHY9pC-1627034015.jpg






Thaha-002-1774415222.gif