nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 19th April, 2024
वि.स.
1000043965-1707579226.jpg

आग्राको सुन्दरीदेवीलाई थाहा नगरस्तरीय शिक्षक भलिबलको उपाधि 

Sundariaa-1615216168.jpg

मकवानपुर थाहा नगरपालिकाको सहयोग तथा जनकल्याण माविको आयोजनामा भएको थाहा नगरस्तरीय अन्तर मावि भलिबल प्रतियोगितामा सुन्दरीदेबी मावि आग्रा विजयी भएको छ । प्रतियोगितामा स्वच्छन्द भैरव मावि चित्लाङलाई २५–१५, २५–१५ र २५–१७ को सोझो सेटमा पराजित गर्दै सुन्दरी देवी विजयी भएको हो । विजयी भएसंगै सुन्दरीदेवी माविले नगद २५ हजार, शिल्ड मेडल तथा प्रमाणपत्र पुरस्कार पाएको छ । 

प्रतियोगितामा दोस्रो भएको स्वच्छन्द भैरव मावि चित्लाङले नगद १५ हजार, शिल्ड तथा प्रमाणपत्र पुरस्कार पाएको छ । आयोजक जनकल्याण मावि तृतीय भएको छ । जनकल्याणले नगद ५ हजार, शिल्ड तथा प्रमाणपत्र पुरस्कार पाएको छ । थाहानगरका १० वटा विद्यालयको सहभागिता रहेको प्रतियोगितामा सुन्दरीदेवीका प्रकाश बहादुर चन्द उत्कृष्ट खेलाडी र प्रताप गोले उत्कृष्ट सेटर घोषित भए भने आयोजक जनकल्यण माविका सानोभाइ कार्की वेस्ट स्पाइकर भएका थिए ।  

थाहानगरको जनकल्याण माविको खेल मैदानमा २३ फागुनबाट शुरु भएको प्रतियोगिताका विजेता तथा उपविजनेता विद्यालयका खेलाडीहरुलाई थाहानगर खेलकुद विकास समितिका संयोजक तथा प्रमुख अतिथि राजेश केसीले पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका थिए । जनकल्याण माविका शिक्षक मनोज रायमाझीको संयोजकत्वमा भएको प्रतियोगिताको समापन तथा पुरस्कार वितरण कार्यक्रम जनकल्याण मावि व्यवस्थापन समितिका अध्यक्ष राजीवकुमार स्याङ्तानको सभाध्यक्षतामा भएको थियो । 



https://www.thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)