nakuhine-bastu-sankalan-1706086939.jpg
Sunday, 28th April, 2024
वि.स.
1000043965-1707579226.jpg

आगलागीका घाइतेको निःशुल्क उपचार नभए आन्दोलन गर्ने चेतावनी

नेकपा एमाले निकट युवा संघ नेपाल मकवानपुरले कात्तिक १० गते जिल्ला नापी शाखामा भएको आगलागीका घटनामा घाइते भएकाहरुको निःशुल्क उपचारका लागि जिल्ला प्रशासन कार्यालयमार्फत नापी शाखा र सम्बन्धित ग्याँस उद्योगको ध्यानाकर्षण गराएको छ । 

जिल्ला अध्यक्ष सन्तोष चौलागाईले १३ कात्तिकमा प्रेस विज्ञप्ती प्रकाशन गर्दै ४३ जना घाइते भएकाहरुमध्ये कतिपयको जटिल उपचार गर्नुपर्ने र उनीहरु आर्थिक अभावका कारण उपचार गर्न नसक्ने अबस्थामा रहेको भन्दै सम्बन्धित पक्षको ध्यानाकर्षण गराएका हुन् । उनले विज्ञप्तीमार्फत सम्बन्धित ग्याँस उद्योग र नापी शाखाले आधारभूत मानवीय भावना समेत व्यक्त नगरेकाले रोष व्यक्त गरेका छन् । 

सार्वजनिक हीतका लागि युवा संघले देशका ७५ वटै जिल्लामा काम गरिरहेको उल्लेख गर्दै घटना भएको लामो समय बितिसक्दा समेत नेपाल सरकारले घाइतेहरुको उपचारमा ढिलाई गरेको र चाडबाडका बेला पीडा बोकेर घाइते र घाइतेका आफन्तहरु अस्पतालको बास बस्न बाध्य हुँदा समेत कही कतैबाट सान्त्वना प्राप्त नभएको उल्लेख छ । विज्ञप्तीमा भनिएको छ–‘आगलागीपछि हामफाल्दा कतिपयका खुट्टा भाँचिएका छन् भने कतिपयका हातहरु भाँचिएर अस्पताल भर्ना हुनुपरेको छ । केही भने महान् चाड दीपावलीका बेला समेत ठूला ठूला घाउहरु बोकेर अस्पतालमा पीडादायी दिनहरु बिताउन बाध्य छन् ।’ 

घाइतेहरुको सबैको निःशुल्क उपचारको माग गर्दै संघले त्यस्तो व्यवस्था नभए पीडितहरुको पक्षमा युवा संघ आन्दोलन गर्न बाध्य हुने समेत चेतावनी दिएको छ ।