Friday, 21st August, 2026
वि.स.

अाजै सुमार्गीले देश छोडे

Sumargi-1514535190.jpg

शंकास्पद आर्थिक कारोबारमा संलग्न व्यापारी अजेयराजसुमार्गी बिहीबार अपराह्न त्रिभुवन विमानस्थलबाट दुबई हुँदै विदेशतर्फलागेका छन् । सम्पत्ति शुद्धीकरण विभाग र केन्द्रीय अनुसन्धान ब्युरोले तयार पारेको अध्ययन प्रतिवेदनअनुसार छानबिन अगाडि बढाउनासाथ उनी पक्राउ पर्ने सम्भावना थियो ।

फ्लाई दुबईको साढे ३ बजेको उडानमार्फत सुमार्गीले देश छाडेको विमानस्थल अध्यागमन रेकर्डमा उल्लेख छ । ‘मनी लन्डरिङको केस भएकाले उनलाई विदेशबाटै पक्रेर ल्याउन पनि समस्या छैन,’ छानबिनमा संलग्न अधिकारीले भने, ‘तर उनी आफूलाई जोगाउन राजनीतिक लबिइङ गर्दै छन् ।’ अजेयविरुद्ध कारबाही अगाडि नबढाइदिन जिकिर गर्दै उनका भाइ अरुणराज बिहीबार साँझ एक प्रभावशाली मन्त्रीकहाँ समेत पुगेका थिए ।
-कान्तिपुरबाट



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०

Thaha-002-1774415222.gif