Saturday, 15th August, 2026
वि.स.

असईविरुद्ध एक करोड बढी बिगोसहित मुद्दा

aktiyar-758x445-1-(1)-1629072881.jpg

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रहरी पेट्रोल पम्पमा भ्रष्टाचार भएको ठहर गर्दै प्रहरी सहायक निरीक्षकविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गराएको छ ।

प्रहरी कल्याण कोषद्वारा सञ्चालित पेट्रोल पम्प नक्सालमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) दिलिप कार्कीविरुद्ध १ करोडभन्दा बढी बिगो कायम गरी आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

अख्तियारले ३१ साउनमा विशेष अदालत काठमाडौंमा १ करोड ३ लाख ९७ हजार ९ सय ३७ रुपैयाँ बिगो कायम गरी मुद्दा दायर गरेको हो । कार्कीले हुँदै नभएको कारोबारको आधारमा असुली देखाएर रकम हिनामिना गरेको भन्दै अख्तियारमा उजुरी परेको थियोे ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif