Monday, 17th August, 2026
वि.स.

अष्ट्रिया पहिलो पटक युरो कपको नकआट चरणमा

ast-1624337900.jpg

अस्ट्रिया युरो कप फुटबलको नकआट चरणमा प्रवेश गरेको छ। 

सोमबार राति रोमानियाको बुकारेस्टमा भएको खेलमा युक्रेनलाई १–० ले हराउँदै अस्ट्रिया नकआउट चरण पुगेको हो। अस्ट्रियाले समूह सीमा २ जितसहति ६ अंक जोडेको छ। 

त्यस्तै, पराजित भएको युक्रेनको पनि तेस्रो स्थानको उत्कृष्ट चारभित्र रहँदै नकआउट चरण पुग्ने सम्भावना कायमै छ। तर, त्यसका लागि उसले अन्य समूहका नतिजा कुर्नुपर्ने हुन्छ।

अस्ट्रियालाई जित दिलाउन क्रिस्टोफ बाउमगार्डनरले निर्णायक गोल गरे। उनले पहिलो हाफको २१औं मिनेटमा कप्तान डेविड अलवाको कर्नरमा गोल गरेका थिए। 

खेलमा युक्रेनले बल पोजेसन बनाए पनि अस्ट्रियाले दबाब दिएको थियो। उसले युक्रेनको पोस्टमा १८ सट प्रहार गरेकोमा ४ सट फ्रेममा थियो। यता, युक्रेनले ५ सट प्रहार गर्दा १ सट मात्र फ्रेममा थियो।

यसैगरी नेदरल्यान्ड्सले समूह ‘बी’का तीनवटै खेलमा शतप्रतिशत नतिजा निकालेको छ। समूहको अन्तिम खेलमा सोमबार राति नवप्रवेशी नर्थ मेसेडोनियालाई ३–० ले हरायो। यो जितसँगै नेदरल्यान्ड्स ९ अंकसहित शीर्ष स्थानमा रहँदै नकआउट चरण पुगेको छ।

नेदरल्यान्ड्सलाई जित दिलाउन कप्तान जर्जिनियो विज्नाल्डमले २ गोल गरे भने अर्को गोल मेम्फिस डिपेले गरे। नेदरल्यान्ड्सले पहिलो हाफमा १ र दोस्रो हाफमा २ गोल गरेको थियो।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif