Sunday, 23rd August, 2026
वि.स.

अवैध सम्बन्धले गर्भ बसेपछि भ्रूण हत्या, देवर भाउजु पक्राउ

policearrest_copy7-1627280721.jpg

दाइ विदेश भएको बेला अवैध सम्बन्धबाट गर्भ बसेपछि भ्रुण हत्या गरेका देवरभाउजू पक्राउ परेका छन् । बागलुङको जैमिनी नगरपालिका-१० राङ्खानीकी २६ वर्षीया महिलाले गर्भपतन गराएर गाडेको बच्चाको विषयमा खोजी भयो ।

प्रहरीले सोधपुछ गर्ने क्रममा बाबुको विषयमा बताएपछि उनले जेठानीसँग भनेकोजस्तै आफ्नै देवर नाता लाग्ने व्यक्ति पक्राउ परे । देवरभाउजूको अवैध सम्बन्धबाट गर्भ रहेकाले उनले गर्भपतन गराएर गाडेको अनुमान प्रहरीको छ ।

युवक र महिलाले सहमतिमा शारीरीक सम्पर्क राखेको स्वीकार गरेको आधारमा प्रहरीले भ्रूण हत्या गरिएको आरोपमा जैमिनी–१० राङ्खानीकी ती महिला र उनको देवर नाता पर्ने ३१ वर्षीय पुरुषविरुद्ध मुद्दा दर्ता गरेको छ । यही साउन ३ गते ती महिलाको घरदेखि केही पर भ्रूण हत्या गरेर गाडेको भेटिएको थियो । उनीहरु दुवैविरुद्धमा भ्रूण हत्याको मुद्दा दर्ता भएको छ ।

भ्रूणलाई रातो टालोमा बेरेर माटोमुनि गाडिएको अवस्थामा फेला पारिएको प्रहरी उपरीक्षक कृष्णबहादुर पल्लीमगरले बताए। ‘दुवैले कमजोरी स्वीकार गरेकाले मुद्दा दर्ता भएको छ’, पल्लीमगरले भने, ‘अनुसन्धान बाँकी छ, हामी प्रक्रियामै छौँ ।’ पक्राउ परेका दुवैलाई म्याद थप गरी थुनामा राखिएको छ । पक्राउ परेकामध्ये भाउजूका पाँच वर्षकी छोरी र तीन वर्षका छोरा छन् । देवरका १२ र दुई वर्षका दुई छोरी छन् । दुवै जना विवाहित हुँदाहुँदै अवैध सम्बन्ध राखेकै कारण घटना भएको पल्लीमगर बताउँछन् ।

उनीहरुको सम्बन्धको विषयमा पहिलेदेखिनै शङ्का गरेका परिवारका सदस्य र गाउँलेले पछ्याउँदा उनले अवैध गर्भपतन गरेर गाडेको अवस्थामा फेला परेको थियो ।

 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif