Wednesday, 26th August, 2026
वि.स.

अवैध जडिबुटीसहित चार जना पक्राउ

dhading-1593324635.jpg

धादिङ प्रहरीले अवैध जडीबुटीसहित चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा धादिङ रुविभ्याली गाउँपालिका वडा नम्बर १ का पेम्बा तामाङ, टसी तामाङ, झ्यापरोङ तामाङ र ग्युार्मे नामग्याल तामाङ रहेका छन् ।

उनीहरुलाई जिल्लाको रुविभ्यालीबाट धादिङवेसीतर्फ आउँदै गरेको बा. ५ ख ६१८० नम्बरको स्वराज मिनि ट्रकमा अवैध रुपमा जडिबुटी ल्याएको भन्ने विशेष सूचनाको आधारमा पुगेको प्रहरी टोलीले पक्राउ गरेको हो ।

प्रहरीले उनीहरुको साथबाट जटामसी ३ सय १० किलो ७७ ग्राम, निरमसी २ किलो १ सय ५० ग्राम, गुची च्याउ १७ ग्राम र यार्सा गुम्बा १ किलो ८ ग्राम बरामद गरेको छ ।पक्राउ पर्नेमा पेम्बा तामाङ ट्रक चालक, टसी तामाङ सहचालक र अन्य दुई जना सवार रहेको प्रहरीले जनाएको छ ।

ट्रक, जडिबुटी र उनीहरुलाई नियन्त्रणमा लिई घटनाको विषयमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif