Sunday, 23rd August, 2026
वि.स.

अर्कै पुरुषसँग बोलेको भन्दै श्रीमानले काटे श्रीमतीको कान

1626677477-Ffl93-1626683113.jpg

बझाङमा एक व्यक्तिले आफ्नै श्रीमतीको कान काटेका छन् । आफ्नै श्रीमतीको काम काट्ने जयपृथ्वी नगरपालिका १ भण्डारगाउँका २५ वर्षीय मनोज नेपालीलाई प्रहरीले पक्राउ गरेको छ । उनले परपुरुषसँग बोलेको भन्दै श्रीमती २१ वर्षीय जानकी नेपालीको कान काटेका हुन् ।

श्रीमतीको कान काटेपछि फररार रहेका मनोजलाई प्रहरीले पक्राउ गरेको हो । उनीहरु विवाह गरेको केही महिनादेखि नै झगडा गरिरहेका थिए ।

गत ३० असारमा अर्कै एक व्यक्तिसँग बोलेको भन्दै मनोजले जानकीको कान चक्कुले काटेका थिए । घाइते भएकी जानकीको अहिले जिल्ला अस्पताल बझाङमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif