Wednesday, 26th August, 2026
वि.स.

अमेरिकी फौजी कीरा: फेरोमेन पासोको प्रयोग प्रभावकारी

m-1617859502.jpg

मकवानपुरको विभिन्न भागमा अमेरिकी फौजी कीराको प्रकोपले मकैबाली सखाप भएको गुनासो किसानहरूले गरेका छन्। मकैबालीमै भर पर्नुपर्ने मकवानपुरका ग्रामिण भेगका किसानहरू यो वर्ष सोचे अनुरुप मकै उत्पादन नहुने भएपछि चिन्तामा परेका छन्।

बिशेष गरी अमेरिकी फौजी कीराको प्रकोप मकवानपुरगढी गाउँपालिका अधिकाशं क्षेत्रमा लगाएको मकैबालीमा देखिएको छ । गाउँपालिकाका किसानहरुको समस्यालाई मध्यनजर गर्दै अमेरिकी फौजी कीराले क्षती पु¥याउन थालेपछि नियन्त्रण प्रयास थालिएको छ । कीरा नियन्त्रणको लागि फेरोमेन पासो प्रयोगमा ल्याईएको हो ।

अमेरिकी फौजी कीरा नियन्त्रणमा फेरोमेन पासो प्रयोग प्रभावकारी रहेको मकवानपुरगढी गाउँपालिकाका कृषि प्राविधिक चन्द्रकान्त चौधरीले जानकारी दिए। उनले भने– “यसले कस्तो काम गर्ने रहेछ भनी कृषक भगवान शाहको खेतमा हेर्न पुग्दा पासोमा अनुमान गरेको भन्दा धेरै नै किरा परेको रहेछ ।” मकै उम्रने बेला देखिनै फेरोमेन पासोको प्रयोग गर्न सकेमा अमेरिकन फौजी कीरा रोकथामको एउटा प्रभापकारी उपाय हुने दाबी गरे ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif