nakuhine-bastu-sankalan-1706086939.jpg
Sunday, 5th May, 2024
वि.स.
1000043965-1707579226.jpg

अमेरिकाको नयाँ राष्ट्रपति डोनाल्ड ट्रम्प

Trump-1478684063.jpg

रिपब्लिनक पार्टीका उम्मेद्वार डोनाल्ड ट्रम्प अमेरिकाको नयाँ राष्ट्रपति भएका छन् । अन्तर्राष्ट्रिय समाचार एजेन्सी जनाए अनुसार ट्रम्पले दुई सय ७६ इलेक्टोरल मत प्राप्त गरी नयाँ राष्ट्रपति चयन भएका हुन् । अमेरिकामा राष्ट्रपति बन्न दुई सय ७० इलेक्टोरल मत आवश्यक हुन्छ ।

पछिल्लो मत परिणाम अनुसार डेमोक्रेटिक पार्टीकी उम्मेद्वार हिलारी क्लिन्टनले भने दुई सय १८ इलेक्टोरल मत पाएकी छन् । यसअघि अमेरिकामा गरिएका विभिन्न सर्वेक्षण अनुसार डेमोक्रेटिक उम्मेद्वार क्लिन्टन राष्ट्रपति बन्ने निष्कर्ष निकालिएको थियो ।

क्लिन्टन विदेशमन्त्री हुँदा आफ्नो निजी इमेल प्रयाग गरी संवेदनशिल सन्देश पठाएको आरोप लागेको थियो । यो इमेल काण्डमा अमेरिकी संघीय अनुसन्धान एजेन्सीले क्लिन्टन दोषी नरहेको निष्र्कका निकालेपछि उनका पक्षमा जनमत आउने आकलन गरिएको थियो ।

पहिलेको सर्वेक्षणभन्दा अहिले मत परिणाम भने फरक देखिएको छ ।

अमेरिकाको ४५ राष्ट्रपति बनेका डोनाल्ड ट्रम्प को हुन् ?

रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्प अमेरिकाको ४५ औँ राष्ट्रपतिमा निर्वाचित भएका छन् । निर्वाचन अघि सार्वजनिक भएका सर्वेक्षण विपरित ट्रम्प निर्वाचित भएका हुन् ।

३० वर्षदेखि अमेरिकाको राजनीतिमा सक्रिय पूर्वविदेशमन्त्री समेत बनिसकेकी डेमोक्रेटिक उम्मेदवार हिलारी क्न्टिनलाई पछि पार्दै अमेरिकी अर्बपति व्यापारी ट्रम राष्ट्रपति पदमा निर्वाचित भएका हुन् ।


नयाँ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको जन्म सन् १९४६ जुन १४ मा भएको हो । ट्रम्प अमेरिकाका नामी अर्बपति हुन्। ट्रम्पले २००६ मा पहिलो पटक आफ्नै भोड्का बजारमा ल्याएका थिए । सन्काह स्वभावका ट्रम्पले २०११ मा भोड्काको व्यापार बन्द गरेका थिए ।

ट्रम्प अमेरिकाको नाममा बोर्ड गेम भएका पहिलो राष्ट्रपति हुन् । उनको व्यापारमा मनोपली छ । फोर्स म्यागजिनका अनुसार अमेरिकाको सर्वाधिक धनीको सूचीमा ट्रम्प १५६ औ स्थानमा छन् भने संसारकै धनी मध्ये ट्रम्प ३२४ औँ व्यक्ति हुन् । फोर्सले यसै वर्ष सार्वजनिक गरेको विवरण अनुसार ट्रम्पको नेटवर्थ करिब ३.७ अर्ब डलर रहेको छ ।

अन्नपूर्णबाट