Sunday, 16th August, 2026
वि.स.

अभिमन्युकाे नयाँ भूमिकामा भेटिए ऋषि केबी

IMG_3009-1641994037.jpg

अधिवक्ता ऋषि केबीको अभिमन्यु नयाँ भूमिकामा नामक कविता सङ्ग्रह हेटौंडामा बिमोचन गरिएको छ ।

जिल्ला अदालत मकवानपुरका मुख्य न्यायाधीश डिल्लीरत्न श्रेष्ठले उक्त कवितासङ्ग्रहको बिमोचन गरेका हुन् । कविता सङ्ग्रहको विमोचन कार्यक्रममा बोल्दै लेखक केबीले कृति प्रकाशनमा सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गरे । उक्त कवितासङ्ग्रहको प्रकाशक पुण्यशिला श्रेष्ठ रहेकी छिन् ।

ऋषि केबीको यस कविता सङ्ग्रह नवौं साहित्यिक कृति हो । यस कविता सङ्ग्रहमा ३५ वटा कविताहरु समावेश गरिएका छन् । लेखक केबीले साहित्य , पत्रकारिता र कलाकारिता क्षेत्रमा अनुभव बटुलिसकेका छन् । उनी हाल कानुन व्यवसायमा आवद्ध छन् ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०