nakuhine-bastu-sankalan-1706086939.jpg
Monday, 29th April, 2024
वि.स.
1000043965-1707579226.jpg

अब २५ मीटर सडक विस्तार के होला ? 
क्षेत्रीय प्रशासक केसी र सहायक प्रशासक सुवेदीको सरुवा

मकवानपुरको हेटौंडामा सडक २५ मिटर फराकिलो बनाउने अभियानमा प्रमुख भुमिका निर्वाह गरिरहेका मध्यमाञ्चल क्षेत्रीय प्रशासक विनोद केसी र सहायक क्षेत्रीय प्रशासक विश्वप्रकाश सुवेदीको सरुवा भएको छ । 

केसीलाई नेपाल सरकारको मन्त्री परिषदको बैठकले सार्वजनिक खरिद अनुगमन कार्यालय काठमाण्डौको प्रमुखको रुपमा सरुवा गरेकोे छ । सहायक प्रशासक सुवदीलाई अर्थ मन्त्रालयमा सरुवा गरेको हो । बैठकले केसीको सरुवा गर्दै शंकर कोइरालालाई सचिवमा बढुवा गरी मध्यमाञ्चल क्षेत्रीय प्रशासन कार्यालय हेटौँडाको प्रमुखको रुपमा नियुक्त गरेको छ ।

हेटौंडामा २५ मिटर सडक फराकिलो बनाउने अभियानले सुरुवात पाएसँगै प्रधानमन्त्री प्रचण्डको ध्यानाकर्षण गराउनु र केसी तथा सुवेदीको सरुवा हुनुलाई अर्थपुर्ण रुपमा हेरिएको छ । सरुवा भएका केसीले भने–‘ऐन नियम भन्दा माथि कोही हुँदैनन्, सबैले कानून अनुसार नै काम गर्ने हो, जो आए पनि सडक फराकिलो बनाउने कार्यलाई निरन्तरता दिनेछन् ।’
 



https://www.thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)