Saturday, 21st June, 2025
वि.स.

अब बन्ने ऐन सहकारीमैत्री हुने–मन्त्री थानी

सहकारी तथा गरिवि निवारण मन्त्री हृदयराम थानीले सरकारले निर्माण गर्न लागेको सहकारी ऐनको विषयमा अनावश्यक शंका उपशंकाहरु भएको बताउँदै मन्त्री थानीले सहकारी ऐन सहकारी मैत्री हुने बताए । 

सहकारी ऐन निरङ्कुश नहुने उल्लेख गरे । केन्द्रीय दुग्ध सहकारी संघ लिमिटेड नेपालको २३ औँ वार्षिक साधरणसभालाई ३० मंसीरमा हेटौँडामा संवोधन गर्दै मन्त्री थानीले नेपाल दुग्ध ब्यवसायबाट निर्भर बन्न सक्ने बताए । 

कार्यक्रममा नेकपा एमालेका पोलिटब्युरो सदस्य, सांसद तथा एमाले सहकारी विभाग प्रमुख पशुपति चौलागाँईले एमालेको तर्फबाट कृषिजन्य सम्पूर्ण उद्योगलाई कर छुटको लागि सरकारलाई आग्रह गरेको बताए । नेपालमा दुग्ध ब्यवसाय फष्टाउनको लागि राज्यले सहज निति अबलम्बन गर्नुपर्ने बताए ।



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०