Wednesday, 26th August, 2026
वि.स.

अबको दुई-तीन दिनमै मनसुन नेपाल पस्ने

mausam-1623044692.jpg

यसपालिको मनसुन अनुमान गरेभन्दा केही दिन पहिला नै नेपाल आइपुग्ने भएको छ।

मौसम पूर्वानुमान महाशाखाका मौसदविद् निराजन सापकोटाका अनुसार जेठ २६-२७ गते मनसुन पूर्वी नेपाल प्रवेश गर्ने सम्भावना छ।

भारतको मौसम विभागले आइतबार नै पश्चिम बंगाल र उत्तरपूर्वी भारतमा मनसुन पुगेको जनाएको छ,’ सापकोटाले भने,‘हामीले नेपालमा पनि कहिले पस्छ भनेर हेरिरहेका छौं। बुधबार-बिहीबारतिर आउँछ कि भन्ने हाम्रो अनुमान छ।’

जुन ३ मा भारतको केरला आइपुगेको मनसुन नेपाल आइपुग्न १० दिनजति लाग्ने अनुमान गरिएको थियो। तर उत्तरपूर्वी भारतमा नै चार-पाँच दिन पहिलानै मनसुन आइपुगेकाले नेपालमा पनि अलि छिटो आउन लागेको हो।

जल तथा मौसम विभागको हावापानी विज्ञान महाशाखाले यसपालिको  नेपालमा औसतभन्दा बढी वर्षा हुने बताएको छ।महाशाखाकी प्रमुख इन्दिरा कँडेलका अनुसार दक्षिण एसियाली मुलुकका मौसमविद् र वैज्ञानिकहरूको भेलाबाट हरेक वर्ष यो क्षेत्रमा कस्तो मनुसुनी गतिविधि हुन्छ भन्ने आँकलन गरिन्छ।

सबै ८ देशका मौसमविदसँगै उक्त भेलामा अरू देशका पनि मौसमविद् र वैज्ञानिकहरू सहभागी हुन्छन्। त्यहाँ सबैले आ(आफ्नो देशमा कस्तो मनसुनी गतिविधि हुन सक्छ भनेर कुरा राख्छन्,’ कँडेलले भनिन्,‘त्यसपछि यो क्षेत्रमा कुनै वर्षको मनसुन कस्तो हुन्छ भन्ने पूर्वानुमान सार्वजनिक गरिन्छ।’

यसपालि उक्त भेला भर्चुअल रूपमा भएको थियो।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif