nakuhine-bastu-sankalan-1706086939.jpg
Monday, 29th April, 2024
वि.स.
1000043965-1707579226.jpg

अपराध न्युनिकरणमा सहयोग गर्ने जनप्रतिनीधिको प्रतिबद्धता

मकवानपुरको उत्तरी क्षेत्र थाहा नगरपालिका र ईन्द्रसरोवरका नवनिर्वाचित जनप्रतिनीधिहरुले समाजमा हुने अपराध न्युनिकरणमा सहयोग गर्ने प्रतिबद्धता जनाएका छन । सामुदायिक सेवा केन्द्र मकवानपुर तथा जिल्ला प्रहरी कार्यालय मकवानपुरको संयूक्त आयोजनामा भएको स्वागत तथा सम्मान कार्यक्रम र अपराध न्युनिकरण विषयक अन्र्तकृया कार्यक्रममा उनिहरुले यस्तो प्रतिबद्धता जनाएका हुन । 

सामुदायिक सेवा केन्द्र मकवानपुरको टोलीले दुवै स्थानीइ तहमा गई स्वागत तथा सम्मान गरेको हो । मकवानपुरको उत्तरी थाहा नगरपालिका र ईन्द्रसरोवर गाउँपालिकामा आयोजना गरिएको कार्यक्रममा उनीहरुले समाजमा हुने अपराध निकै बढदै गएको र अपराध न्युनिकरणमा नव निर्वाचितहरुको ठुलो भुमिका हुने भएकाले यस तर्फ ध्यान दिएर लाग्ने बताए ।  सामुदायिक सेवा केन्द्र मकवानपुरका अध्यक्ष राम बिष्टको सभाअध्यक्षतामा भएको कार्यक्रममा थाहा नगरपालीकाका नवनिर्वाचित प्रमुख लवशेर बिष्ट, उप प्रमुख खड्ग गोपाली, ईन्द्रसरोवर गाउँपालिकाका प्रमुख जिवन लामा, उप प्रमुख उमा लामालगायत सम्पुर्ण वडा अध्यक्ष र सदस्यहरुलाई स्वागत तथा सम्मान गरिएको हो । 

कार्यक्रममा सामुदायिक सेवा केन्द्र मकवानपुरका संस्थापक अध्यक्ष राम चन्द्र अर्याल, निर्वतमान अध्यक्ष कुमार पौडेल, संस्थापक सचिव श्याम खतिवडा, सामुदायीक सेवा केन्द्र दामन पालुङका संस्थापक अध्यक्ष सुरेन्द्रमान प्रधान, ईलाका प्रहरी कार्यालय पालुङका प्रहरी निरिक्षक  विरेन्द्र पासवानलगाएतकाको सहभागीता रहेको थियो । अपराध न्युनिकरणका लागि यस्ता खाले कार्यक्रम अन्य गाउँपालिकाहरुमा समेत आयोजना गर्ने  सामुदायीक सेवा केन्द्र मकवानपुरका अध्यक्ष राम बिष्टले बताए ।