Thursday, 27th August, 2026
वि.स.

अन्तराष्ट्रिय फोटो आव्हानमा नेपालका तर्फबाट थाहानगरका विष्टको फोटो छानियो

Ganu-1615207199.jpg

हेल्प एज इन्टरनेसनले ज्येष्ठ नागरिकहरुको फोटो आव्हान गरेकोमा नेपालका तर्फबाट थाहानगरका गणेश विष्टको सात वटा फोटो छनोटमा परेको छ । अन्तरराष्ट्रिय महिला दिवस २०२१ को अवसरमा हेल्प एजले ज्येष्ठ महिलाहरुको आर्थिक अधिकार र न्यायलाई केन्द्रिय बिषय मानेर फोटो आव्हान गरेको थियो । 

विभिन्न १० देशले सहभागिता जनाएको यस प्रतिस्पर्धामा नेपालबाट एजिङ नेपालसं सम्बद्ध मकवानपुर थाहानगरका बिष्टले खिचेको ७ प्रारम्भिक छनोटमा परेको छ । ‘ज्येष्ठ महिलाहरुको आर्थिक अधिकार र न्याय’ अभियानमा मेरो समर्थन छ भन्ने, जनाउन एउटा हात माथि उठाएर खिचिएको फोटो विष्टले प्रतिस्पर्धाका लागि पठाएका थिए । विष्ट मकवानपुर थाहानगरबाट प्रकाशित थाहा टाइम्स डटकम र विकास खबरपत्रिकामा समेत आवद्ध छन् ।

अभियानमा नेपालको सबैभन्दा बढि विष्टले खिचेका ७ वटा, कम्ब्डियाका ५, फिलिपिन्सका ५, अर्जेन्टिनाका २, जोर्डनका ५, भियतनामका ४, केन्याका ४, इथियोपियाका ४, किर्गिस्तानका ३ र थाईल्याण्डका १ वटा फोटो छनोटमा छन् । 
 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif