Thursday, 27th August, 2026
वि.स.

अन्तराष्ट्रिय महिला दिवसमा २ सय महिलाको निःशुल्क स्वास्थ्य परीक्षण

pacoss-1615254090.jpg

थाहानगरमा मुख्य कार्यालय रहेको पालुङ बहुउद्देश्यीय सहकारी संस्थाले आयोजना गरेको निःशुल्क महिला स्वास्थ्य शिविरमा २ सय जना महिलाको स्वास्थ्य परीक्षण गरिएको छ । १ सय ११ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस अवसरमा सहकारीले शिविरको आयोजना गरेको हो । 

शिविरमा स्वास्थ्य परीक्षणका लागि आएका सबै २ सय जना महिलाको पाठेघरको मुखको क्यान्सर जाँच गरिएको थियो । जाँच गरिएका महिला मध्ये एक जनाको पाठेघरको मुखमा मासु पलाएको उपचार गरिएको सहकारीले जनाएको छ । शिविरमा स्वास्थ्य परीक्षण गराएका १ सय ९९ जनाको अवस्था सामान्य रहेको चिकित्सकले बताए । सहकारीले अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस हरेक वर्ष मनाउंदै आइरहेकोमा यस बर्ष महिलालाई प्रत्यक्ष फाइदा हने कार्यक्रम अनुरुप महिलाहरुका लागि निःशिल्क स्वास्थ्य शिविर राखिएको सहकारीका अध्यक्ष पुरुषोत्तम कार्कीले जानकारी दिए । 

विइङ यूथको सहआयोजनामा भएको स्वास्थ्य शिविरमा संलग्न चिकित्सक तथा सहयोगी संस्थालाई सम्मान गरिएको ब्यवस्थापक प्रकाश पौडेलले जानकारी दिए ।

सहकारीको हल थाहा–४, थानाबजारमा भएको शिविर उद्घाटन कार्यक्रम जिल्ला सहकारी संघ कोषध्यक्ष तथा निवर्तमान अध्यक्ष बिमल कुमार ढकालको प्रमुख आतिथ्य तथा संस्थाका अध्यक्ष पुरुषोत्तम कार्कीको सभाध्यक्षतामा भएको थियो । 

पालुङ बहुउद्देश्यीय सहकारी संस्थामा १ सय ५५ ओटा महिला आयआर्जन समुहमा ४ हजार २ सय महिला आवद्ध छन् । कार्यक्रममा जनकल्याण माध्यामिक विद्यालयका प्रधानाध्यापक सानोभाई कार्की, सहकारीका संस्थाका उपाध्यक्ष कृष्ण बहादुर बिष्ट, सचिव अरुण रायमाझी, कोषध्यक्ष सानुकाजी गोपाली, सदस्य नवराज विष्ट, लेखा समिति सदस्य इच्छापूर्णका कार्की लगायत संस्थाका कर्मचारीहरुको उपस्थिती रहको थियो । उद्घाटन कार्यक्र संस्थाका सहव्यवस्थापक रामप्रसाद ढकालले संचालन गरेका थिए ।
 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif