Sunday, 16th August, 2026
वि.स.

अन्तरपालिका फुटबल प्रतियोगितामा थाहानगरको जित

Thaha1-1638798783.jpg

थाहा नगरपालिका फुटबल टिमले मकवानपुरगढी गाउँपालिकालाई पराजित गरेको छ । २० मंसिरमा हेटौंडामा भएको अन्तरपालिका जिल्लास्तरीय फुटबल प्रतियोगितामा थाहानगरले मकवानपुरगढीलाई ०–४ गोल अन्तरले पराजित गरेको हो । 

मकवानपुर गढी विरुद्ध थाहानगरको तर्फबाट राजन गोलेले ३ र सन्देश बलले १ गोल गरेर टिमलाई अग्रता दिलाएका थिए । प्रतियोगिताका म्यान अफ द म्याच थाहानगरका राजन गोले घोषित भए । उनलाई जिल्ला खेलकुद विकास समिति मकवानपुरका अध्यक्ष सानु लामाले ट्रफी हस्तान्तरण गरे । 

प्रतियोगिताको विजेता तथा उपविजेताले क्रमशः २ लाख र १ लाख रुपैयाँ प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट खेलाडीले ५ हजार रुपैयाँ तथा विधागत अन्य उत्कृष्ट खेलाडी तथा प्रशिक्षकले जनही ३÷३ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।

हेटौंडाको हुप्रचौरमा भैरहेको प्रतियोगितामा मकवानपुरका १० वटै पालिकाको फुटबल टिमको सहभागिता रहेको छ । नकआउटका आधारमा संचालन भएको प्रतियोगिताको २५ मंसिरसम्म संचालन हुनेछ । प्रतियोगिता १८ मंसिरबाट शुरु भएको हो । 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०