Saturday, 15th August, 2026
वि.स.

अनैतिक सम्बन्धबाट जन्मेकाे शिशु हत्या आराेपमा महिला पक्राउ

IMG_20210824_143245-1629794912.jpg

शिशु हत्याको आरोपमा बैतडीकी एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको डिलासैनी गाउँपालिका–७ की ३५ वर्षीया महिला पक्राउ परेकी हुन् ।

घरदेखि एक सय मिटरको दूरीमा रहेको मकैबारीमा शिशुलाई जन्माएर हत्या गरेको आरोपपछि ती महिलालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिए । शिशु जन्माएपछि केराको सापडाले घाँटी थिचेर हत्या गरेको भन्दै उनका ससुराले दिएको जाहेरीका आधारमा पक्राउ गरिएको शाहीले बताए । उनीविरुद्ध कर्तव्य ज्यान शीर्षकमा मुद्दा दर्ता गरेर अनुसन्धान भइरहेको छ ।

गाउँकै एक युुवकसँगको अनैतिक सम्बन्धबाट उनी गर्भवती भएको यसअघि नै सार्वजनिक भएको थियो । शिशु जन्मिएपछि युवकले बुझेर पालनपोषण गर्ने सहमति समेत गाउँलेहरुले गराएका थिए । ती महिलाका श्रीमान रोजगारीका लागि भारतमा गएको र १० वर्षदेखि सम्पर्कमा नरहेको स्थानीय बताउँछन् । उनका दुई सन्तान समेत छन् ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif