Monday, 18th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

अधुरा एवम् प्रतिफल दिने कार्यक्रमलाई महत्व दिन जिसस प्रमुख खुलालको सुझाव

IMG_9618-696x464-1623043611.jpg

जिल्ला समन्वय समिति (जिसस) मकवानपुरका प्रमुख रघुनाथ खुलालले आगामी आर्थिक वर्षको बजेट निर्माण गर्दा अधुरा एवम् प्रतिफल दिने कार्यक्रमलाई महत्व दिन सुझाव दिएका छन् । स्थानीय तहहरुको अनुगमनका क्रममा २३ जेठमा बागमती गाउँपालिकाका आयोजनाहरुको अनुगमनका क्रममा उनले अधुरा योजनासँगै कोरोना प्रभाव न्यूनीकरण गर्ने बजेट निर्माण गर्न सुझाव दिए ।

प्रमुख खुलालले कोरोनाका कारण सबै क्षेत्रमा प्रभाव परेको हुँदा पुराना एवम् प्रतिफल दिने र कोरोना प्रभाव न्यूनीकरण गर्ने कार्यक्रमलाई महत्व दिन आग्रह गरे । उनले विशेष गरी आगामी बजेटमा कोभिड महामारीको असर न्यूनीकरण गर्ने, रोजगारी सृजना गर्ने, उत्पादन र उत्पादकत्व वृद्धि गर्ने कार्यक्रमलाई प्राथमिक्ता दिन सुझाव दिए ।

स्थानीय तहहरुमा आयोजनाहरुको अनुगमन गर्ने क्रममा प्रमुख खुलालसहितको टोली २३ जेठमा बागमती गाउँपालिका पुगेको हो । अनुगमन टोलीले गाउँपालिकाको लागानीमा सञ्चालित, प्रदेश एवम् संघीय सरकारको लागानीमा सञ्चालित तथा जिससको मौजदात कोषबाट सञ्चालित आयोजनाहरुको अनुगमन गरेको हो । सो क्रममा अनुगमन टोलीले गाउँपालिकाद्धारा सञ्चालित आइसोलेसन वार्ड, १५ शैयाको निर्माणाधीन कोभिड अस्पताल, मौजदात कोषबाट निर्माणाधीन विद्यालय भवन, स्वास्यथ् संस्था भवन र खानेपानी आयोजना, भारतीय दुतावासको सहयोगमा निर्माणाधीन विद्यालय, प्रदेश सरकारको लागानीमा निर्माणाधीन विद्यालय एवम् पुल तथा संघीय सरकारको लगानीमा निर्माणाधीन सडक आयोजनालगायत भौतिक संरचनाहरुको अनुगमन गरेको थियो ।

अनुगमन टोलीमा जिसस उपप्रमुख भगवती पुडासैनी, गाउँपालिका अध्यक्ष सर्केश घलान, जिसस सदस्यहरु देवराज रिमाल, सरिता विक, समन्वय अधिकारी आनन्दराज पोखरेल, नायब सुब्बा उपेन्द्रनाथ पोखरेल, प्राविधिक रामसेवक मण्डललगायत गाउँपालिकाका कर्मचारीहरको सहभागिता थियो ।



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०