Wednesday, 22nd April, 2026
वि.स.
Thaha-002-1774415222.gif

मुख्यमन्त्री पौडेलको त्यो उद्घोष, एमाले थाहा नगरको त्यो प्रयास
आ. व. २०७८/७९का लागि थाहा नगरमा प्रदेश सरकारको ४७ वटा योजना

DMN-1614131798-1626336160.jpg

आर्थिक वर्ष २०७८/७९ मा थाहा नगरका लागि बागमती प्रदेश सरकारले विभिन्न ४७ वटा योजनामा बजेट बिनियोजन गरेको छ । विभिन्न विषयगत मन्त्रालयअन्तर्गत ३३ वटा, सशर्त कार्यक्रमअन्तर्गत ११ वटा र समपुरक अनुदानअन्तर्गत ३ वटा योजनाहरुमा बजेट निनियोजन भएको मुख्य मन्त्रीका प्रेस संयोजक प्रकाश दाहालले जानकारी दिए । थाहा नगरका लागि प्रदेश सरकारले स्वीकृत गरेको कार्यक्रमहरुमा वडा, अन्तरवडा, नगरस्तरीय र अन्तरपालिकास्तरीय समेत रहेका छन् । त्यसैगरी रु. १० लाखदेखि तीन करोडसम्मका योजनाहरु रहेका छन् । 

हेर्नुहोस् योजना र बजेट :
मकवानपुर थाहा नगरपालिकाको-३ सेतीगणेश मन्दिर पूर्वाधार निर्माण : १० लाख 
थाहा-९ भण्डार खर्क कृषि सडक निर्माण : २० लाख 
थाहा-७ कृषि संकलन केन्द्र निर्माण : १० लाख 
थाहा-७ बाख्रा प्रवद्र्धन कार्यक्रम : १० लाख
थाहा-७ बसेरी खानेपानी योजना : १५ लाख
थाहा-६ पापुङ ग्रामीण सडक स्ल्याव ढकान : २५ लाख
थाहा-६ को बज्रबाराही—कटुवाल सडक स्याव ढलान :२५ लाख
थाहा-८ दामगाडे—महादेव बेसी सडक : ३० लाख
थाहा-२ भाङखोरिया—कोटथुम्की मोटरबाटो : १० लाख
थाहा-५ गहतेखोला—खर्क—खड्का टोल सडक : १० लाख
थाहा-१२ लिति आदमारा र थाबे ५ धादिङ जोड्ने सडक : १० लाख
थाहा-९ जनक प्रा.वि. कम्पाउण्ड निर्माण :१० लाख
थाहा-९ स्थित कालीदेवी प्रा.वि. कक्षा कोठा थप गर्न : १० लाख
थाहा ९ महालक्ष्मी कक्षा कोठा थप : १० लाख
थाहा-६ बज्रबाराही मावि विज्ञान प्रयोगशाला निर्माण : १२ लाख
थाहा-२ बस्ती वचाउ तटबन्ध निर्माण : १० लाखफेदीगाउँ तटबन्ध निर्माण : १० लाख
थाहा-३ तल्लो खोला बस्ती वचाउ : २० लाख
थाहा-२ कोटथुम्की पर्यटन विकास कार्यक्रम : २० लाख
चिसापानी, गैरीगाउँ, चुच्चेखोला सडकमा पर्ने काठको पुल भएको स्थानमा पक्की पुल, स्लाव ढकाल : १५ लाख
थाहा १ र ५ झम्केश्वरी—फुर्के बशन्त जोड्ने पुल डीपीआर : १० लाख
थाहा-११ नौखण्डे गुम्बा निर्माण स्थल जाने सडक : ३० लाख
इन्द्रायणी चौर—सतिघाट खोला पक्की पुल : ३ करोड ९निरन्तर०
थाहा वडा नं. ८ कार्यालय जोड्ने झोलुङ्गे पुल : १५ लाख
थाहा-१२ जगडाँडा—टिष्टुङ सिंचाई : ४० लाख
थाहा-६ भटवाल कलम्पो सिंचाइ : १५ लाख
थाहा-४ सिमभञ्ज्याङ पोखरी संरक्षण :  ३३ लाख
थाहा-४ सिमभञ्ज्याङ जमिनमुनिको पानी सर्वेक्षण योजना : १५ लाख
थाहा-४ जग्गरघारी खानेपानी योजना : ५० लाख
थाहा-३ सिताराम जेष्ठ नागरिक दिवा केवा केन्द्र, पूजिगत सहयोग  : १५ लाख
इन्द्रायणी चौर कभड हल निर्माण बहुवर्षीय: १ करोड ७२ लाख
थाहा-९ राज कुलो सिंचाइ  : ९ लाख ८० हजार 
थाहा खानेपानी आयोजना दामन : १५ लाख 

प्रदेश सशर्त कार्यक्रम
कृषि उपज सामुहिक उद्योग थाहा १ र ६ का लागि : २० लाख
थाहा-२ डाँडामुख-गैरीगाउँ जोड्ने सडक स्ल्याव ढलान : २० लाख
थाहा-७ धुलेडाँडा-पोखरी चौर चिसापानी जोड्ने सडक स्ल्याव ढलान : २० लाख
थाहा-१२ को बशन्त मुलावारी झाप्रे सडक स्ल्याव ढलान : २० लाख
थाहा-६ थहचोक-पापुङ सडक : २० लाख
थाहा-९ कपु गाउँ तोगार—महाचुनी थान जोड्ने सडक स्तरोन्नति : २० लाख
१५ शैय्या अस्पताल संचालन निरन्तरता : ४० लाख
सामुहिक कृषि उपज उद्योग : १५ लाख
थहचोक—ऐलाख कृषि सडक स्तरोन्नति.२० लाख
शीत भण्डार निर्माण निरन्तरता : २ करोड 
थाहा ४ गोलमोड फापरबारी देउराली कृषि सडक : ३० लाख
 

प्रदेश समपुरक अनुदान :
चिसापानी-देउखेल-चल्ती—बसेरी सडक : १ करोड
फेदीगाउँ-त्रिवेणी वस्ती संरक्षण : १ करोड 
क्रसर डाँडा-कुलगाउँ-पोखरी कुन्छाल सडक : १ करोड

मुख्यमन्त्रीको त्यो उद्घोष
गत ११ फागुनमा नेकपा एमाले थाहा नगरको वृहद भेलामा सम्बोधन गर्दै मुख्यमन्त्री पौडेलले भनेका थिए–‘थाहानगर विकासको जिम्मा म लिन्छु ।’ विगत लामो समयदेखि मकवानपुरको उत्तरी क्षेत्रसँग सुपरिचित मुख्यमन्त्री पौडेलको थाहा नगरपालिका घोषणा, नामाकरण र गन्तव्यहरुको निर्धारण गर्न भूमिका रहेको थियो । नगरपालिकाको प्रस्ताव र घोषणाका क्रममा उनले थाहानगर आएर थाहानगरलाई ‘ग्रीन एग्रोटुरिजम सिटी’ बनाउने  परिकल्पनाका साथ अघि बढ्न सुझाव दिएका थिए । लगत्तै थाहा नगरपालिकाको नगर सभाले नगरको मुख्य नारा ‘थाहा नगरको आधार, कृषि, पर्यटन र पूर्वाधार’ पारित गरेको थियो । 

मुख्य मन्त्री पौडेलले थाहा नगरलाई प्रदेश सरकारबाट बजेट विनियोजन गर्दा कृषि, पर्यटन र पूर्वाधारलाई नै मुख्य जोड दिँदै आएका छन् । आर्थिक वर्ष २०७८/०७९ को बजेट बनाउनुअघि उनले गत बैशाखमा थाहा नगरबाट कृषि, पर्यटन र पूर्वाधारसँग सम्बन्धित एक/एक वटा ठूला योजना सिफारिस गर्न सुझाव दिएका थिए ।

सोही बमोजिम नेकपा एमाले थाहा नगर कमिटीले पूर्वाधारअन्तर्गत फेदीगाउँ–त्रिवेणी बस्ती संरक्षण, पर्यटनअन्तर्गत कोटथुम्की पर्यटन विकास कार्यक्रम र कृषिअन्तर्गत कृषि उपजमा आधारित उद्योगकोे स्थापना गर्न थाहा नगरपालिकाको सिफारिससहित बुझाएको एमाले थाहा नगर कमिटीका अध्यक्ष अचयुत्तमप्रसाद ढकालले बताए । सोअनुसार तीनवटै योजनाहरुमा बजेट विनियोजन भएको उनले जानकारी दिए । प्रदेश सरकारबाट कोटथुम्की पर्यटन विकास कार्यक्रमका लागि रु. २० लाख, फेदीगाउँ–त्रिवेणी बस्ती संरक्षणका लागि रु. एक करोड र सामुहिक कृषि उपज उद्योगका लागि रु. ३५ लाख बजेट विनियोजन भएको छ ।  

एमाले थाहा नगरको त्यो प्रयास
नेकपा एमाले थाहा नगर कमिटीको २१ चैतमा सम्पन्न पूर्ण बैठकले वडाका जनताको समस्या पहिचान गरी योजनाहरुको छनोट गर्न र प्रदेश तथा संघ सरकारका लागि सिफारिस गर्न वडामा रहेका नगर कमिटी सदस्य र अगुवा कार्यकर्ताहरुलाई निर्देशन दिएको थियो । त्यसको संयोजन गर्न नेकपा एमाले थाहा नगरपालिका संसदीय दलका नेता शशिधर सुवेदीलाई जिम्मेवारी दिइएको थियो । पार्टीको तर्फबाट वडागत रुपमा सङ्कलन भई आएका योजनाहरुलाई थाहा नगर कमिटीले प्रदेश तथा संघ सरकारसमक्ष सिफारिस गरेको थियो । 

‘पार्टीले सिफारिस गरेका अधिकाँस योजनाहरु परेका छन् । मुख्य मन्त्रीज्यूले बोलेको कुरा पूरा गर्नुभयो, हामी खुशी छौँ’, एमाले थाहानगर अध्यक्ष ढकालले भने । सिफारिस भएकामध्ये थाहा–७ चल्ती बसेरी झोलुङ्गे पुल र थाहा–१० का योजनाहरु बजेटमा नपरेकोमा भने ढकालले आगामी दिनमा पहल गरिने बताए । थाहाका सबै वडाहरुमा प्रदेशको योजना परिरहँदा १० नम्बर वडाका लागि नपरेकोमा स्थानीयले गुनासो गरेका छन् । 
 



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०