nakuhine-bastu-sankalan-1706086939.jpg
Wednesday, 15th May, 2024
वि.स.
1000043965-1707579226.jpg

 हेटौंडामा आजबाट राप्रपाको विषेश केन्द्रीय समितिको बैठक

१ भदौबाट हेटौँडामा राप्रपाको विषेश केन्द्रीय समितिको बैठक हुने भएको छ ।बैठकका लागि हेटौडामा एक सयभन्दा बढि केन्द्रीय सदस्यहरु पुगिसकेको राप्रपाका उपमहामन्त्री राजाराम बर्तौलाले बताए । बैठक एभोकाडो होटलमा संचालन हुँदैछ ।

बैठकमा राप्रपाको विभाजनको विषय, संविधान संसोधनको विषय, प्रदेश नंबर २ मा हुने स्थानीय तह निर्वाचनको विषय तथा पार्टीको आन्तरकि संगठन निर्माणको विषयहरुमा केन्द्रीत हने उनको भनाई रहेको छ । राप्रपाको विभाजन भएपछि हुन लागेको बैठकलाई महत्वपूर्ण रुपमा हेरिएको छ ।

आगामी भदौ ४ गतेसम्मको लागि नयाँ पार्टीको मान्यता दिन ४० प्रतिशत पुर्याउन पशुपति शम्सेर जवरालाई निर्वाचन आयोगले समय दिएको अवस्थामा राप्रपा अध्यक्ष कमल थापाले आफ्नो गृहनगरमा बैठक राख्नुलाई महत्वको साथ हेरिएको छ ।  
 









Makai-bali-prabardhan-1706086965.jpg
bali-bima-ko-suchana-1701933793.jpg
1000043372-1706361050.jpg