Sunday, 23rd August, 2026
वि.स.

 चितवनमा थप २४ घण्टे कर्फ्यू आदेश जारी

collage-2-1-1625710454.jpg

 चितवनमा २४ असारमा पनि थप २४ घण्टे कर्फ्यू आदेश जारी भएको छ ।

जिल्ला प्रशासन कार्यालय चितवनले सुजिता मृत्यु प्रकरणलाई लिएर हिंसात्मक प्रर्दशन हुन सक्नेतर्फ ध्यान दिदै पूर्वी चितवन क्षेत्रलाई कर्फ्यू आदेश जारी गरेको हो ।

सुजिताको शव भेटिएसगैँ सुरु भएको आन्दोलन उग्र बनेपछि स्थानीय प्रशासनले हिजो साढे ७ बजेदेखि आज साँझ साढे ७ बजेसम्मका लागि कर्फ्यू आदेश जारी गरेको थियो ।

स्थानीय प्रशासन ऐन २०२८ को दफा १६ ‘क’ बमोजिम कर्फ्यू जारी गरिएको प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद लामिछानेले जानकारी दिए।

जारी कर्फ्यू पूर्वी चितवनको राप्ताी नगरपालिका १ लोथर पुलदेखि राप्ती ४ डढुवा सम्मको राजमार्गको दायाँ वायाँ ५ सय मिटर भित्र पर्ने सबै क्षेत्र तोकीएको प्रजिअ लामिछानेले बताए ।

अपहरणपछि हत्या गरिएको भनिएको सुजिता भण्डारीको हत्या घटनामा संलग्नलाई कारबाहीको माग गर्दै जारी आन्दोलन उग्र बनेपछि कर्फ्यू आदेश जारी गरिएको हो।

मृत फेला परेकी चितवनको राप्ती नगरपालिका–३ की सुजिता भण्डारीको पोष्टमार्टम रिपोर्ट उचित तरिकाले नभएको भन्दै स्थानिय र प्रहरी बीच झडप हुँदा ७ प्रहरी घाईते भएका थिए ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०