Monday, 31st August, 2026
वि.स.

‘रक्सी बिक्री वितरण व्यवस्थित गरियोस्’

राष्ट्रिय सभाको बैठकमा ८ साउनमा बोल्दै उनले रक्सीकै कारण ५० प्रतिशत अपराध भइरहेको भन्दै त्यसलाई घटाउनपनि रक्सीको बिक्री वितरण र सेवनलाई व्यवस्थित बनाउन जरुरी रहेको बताए। ‘रक्सी मजाले खान पाइने, जतिपनि खान पाइने, जहाँ बसेरपनि खान पाइने,’ उनले भने, ‘अस्पताल होस् वा मन्दिर जहाँपनि छेवैमा रक्सीको वितरण र सेवनको कार्य भइरहेका छन्। यस्तो अवस्था अन्य देशमा छैन। नेपालमा मात्रै छ।’

अनले अन्य देशमा निश्चित उमेरका मानिसले, निश्चित स्थानबाट खरिद गरेर तोकिएकै स्थानमा रक्सी खान पाउने व्यवस्था रहेको उल्लेख गरे। उनले विदेश भ्रमणमा जाने सरकारका पदाधिकारीले त्यस्ता विषयमा किन ध्यान दिन नपुगेकोरु त्यस्तो नियम कसले बनाउने छेक्योरु भनी प्रश्न गरे। ‘बिहे गर्नलाई २० वर्ष हुनुपर्ने, रक्सी खानलाई ६ वर्ष भए हुनेरु,’ उनले थपे, ‘कर संकलन हुन्छ भनेर एउटा सटरमा औषधी अर्कोमा रक्सी बेच्न छुट दिनेरु’

उनले २२ वर्ष उमेर नपुगेकाले औषधि किन्न नपाउने, वडा वडामा रक्सी पिउनेहरुको लिस्ट बनाउनुपर्ने, कसले कति रक्सी पिउँछ त्यसको पनि रेकर्ड राखिनुपर्ने गरी नीति ल्याउनुपर्नेमा जोड दिए। छिमेकी भारतमै रक्सी खरिद गर्ने र पिउनेको नाम लेख्ने प्रावधान रहेको भन्दै त्यसै गरी रक्सी बिक्री वितरणमा कडाइ गर्नुपर्ने माग गरे।

रक्सी जस्तै जुवातास अर्को समस्या रहेको भन्दै अपराधको धेरै बाटाहरु खोलिदिएर अपराध नियन्त्रण नहुने उनको भनाइ थियो। घरेलु हिंसा, महिला हिंसा, संगठित अपराध, रात्रिकालीन अपराधहरुमा न्यूनिकरणका लागि रक्सीको बिक्री वितरण नियन्त्रित गरिनुपर्नेमा उनको जोड थियो।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०