Sunday, 23rd August, 2026
वि.स.

७०५ पत्रकारको कोरोना बिमा

bima-1592501182.jpg

वाग्मती प्रदेशमा कार्यरत ७ सय ५ जना पत्रकारको कोरोना बिमा भएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालय वाग्मती प्रदेशको आर्थिक सहयोग तथा सञ्चार रजिस्ट्रार कार्यालयले बिमा गरेको हो ।

प्रदेशका नेपाल पत्रकार महासंघ जिल्ला शाखाको समन्वयमा कोरोना संक्रमणको जोखिममा काम गरिरहेका पत्रकारहरुको बिमा गरिएको प्रेस रजिस्टार रेवती सापकोटाले जानकारी दिए । पीसीआर परीक्षणबाट पोजिटिभ पुष्टि भएमा बिमा गरिएका पत्रकारले एक लाख रुपैयाँको बिमा रकम युनाइटेड इन्सुरेन्स कम्पनीबाट प्राप्त गर्नेछन् । संक्रमण पोजिटिभ पुष्टि भएपछि बिमा रकम भुक्तानी हुनेछ । युनाइटेड इन्सुरेन्स कम्पनीका प्रतिनिधि दिनेश रेग्मीले बिहीबार बिमित पत्रकारको विवरण सञ्चार रजिष्ट्रार सापकोटालाई बिहीबार हस्तान्तरण गरे ।

सञ्चार रजिष्ट्रार कार्यालयबाट परिचयपत्र प्राप्त गरेका तर अन्यत्र कोरोना बिमा नगराएका, नेपाल पत्रकार महासंघको वाग्मती प्रदेश र नेपाल पत्रकार महासंघ उपत्यका समितिअन्तर्गतका शाखा, प्रतिष्ठान र एशोसियटसबाट प्राप्त विवरणका आधारमा पत्रकारको कोरोना बिमा गराइएको हो ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०