nakuhine-bastu-sankalan-1706086939.jpg
Tuesday, 23rd April, 2024
वि.स.
1000043965-1707579226.jpg

५९ सदस्य चयन गर्दै सकियाे माओवादी थाहानगरकाे बन्दसत्र, अध्यक्षसहित पदाधिकारी पहिलाे बैठकबाट चुनिने [हेर्नुहाेस् सदस्यहरुकाे सूची]

IMG_20211128_001700-1638037958.jpg

नेकपा माओवादी केन्द्रकाे प्रथम थाहानगर सम्मेलन ५९ सदस्य नगर कमिटी चयन गर्दै ११ मंसिर राती अबेर सम्पन्न भएकाे छ । बन्दसत्रले थाहानगरका सबै वडाबाट प्रतिनिधित्व हुनेगरी ५९ जना सदस्य चयन गरे पनि पदाधिकारी भने टुंगो लागेकाे छैन ।

पदाधिकारी तथा सदस्यहरुमा अधिक आकाँक्षी देखिएपछि निर्वाचन मण्डलले मतदानमा जानुभन्दा वडावडाबाट नगर कमिटी सदस्य सिफारिश गर्न आह्वान गरेकाे थियाे । यसरी वडाका प्रतिनिधिहरुले जम्मा ५९ जना सिफारिस गरेकाे र ६ जना नगर कमटीले मनाेनित गर्ने गरी कमिटीको टुंगो लागेकाे पत्रकार शम्भु अधिकारीले जानकारी दिए । 

वडावडाबाट सिफारिस भई आउनुपर्ने भएपछि यसअघि वडा कमिटीमा रहेकाहरु नगर कमिटीमा आउन पाएनन् । वडा कमिटीमा नरहेका नगर कमिटी पदाधिकारी र  सदस्यका आकाँक्षीहरु भने वडाबाटै सिफारिस भएर आएका छन् । नगर कमिटीमा अध्यक्षका आकाँक्षीहरु अरुण रायमाझी, विनाेदकुमार लामा र मनाेज अधिकारी तीनै जना आएका छन् । 

सम्मेलनले नगरकमिटीमा चयन गरेका सदस्यहरुमध्येबाट पदाधिकारी चयन गरिने निर्वाचन मण्डलका सदस्य निरञ्जन अधिकारीले बताए । पदाधिकारीका आकाँक्षीहरु सदस्यमा चयन भएर आएपछि अब उनीहरुबीच पहिलाे बैठकमै पदका लागि रस्साकस्सी हुने देखिएकाे छ । 



https://www.thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)