Friday, 21st August, 2026
वि.स.

५५ जना जिल्ला सदस्य सहित नेकपा मकवानपुर एमालेमा विलय

download-(1)-1510403298.png

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मकवानपुर आज एमालेमा विलय भएको छ । २५ कार्तिकमा हेटौँडामा भएको कार्यक्रममा नेकपा मकवानपुरका जिल्ला अध्यक्ष विनोद रिजाल सहित सबै ५५ जना जिल्ला सदस्य एमालेमा विलय भएको हो ।

नेकपाको मकवानपुरमा रहेको सबै भातृ संगठन सहित गरेर करिब ५ सय ४० भन्दा धेरै  कार्यकर्ता समेत एमालेमा प्रवेश गरेको घोषणा गरिएको छ । एमालेमा प्रवेशसपछि बोल्दै अध्यक्ष रिजालले अव सबै वामपन्थी हरुको एउटै मञ्च हुने पर्ने बताए । वामपन्थीको नेतृत्व एमालेले गर्नुपर्ने भन्दै आफुहरु एमालेमा समाहित भएको उनले बताए । 

कार्यक्रममा बोल्दै एमालेका प्रदेश नंबर ३ सदस्य कृष्णप्रसाद दाहालले एमाले र माओवादीका सामुहिक नेतृत्वले अव नेपालको नेतृत्व गर्ने बताए । सबै वामपन्थीहरुको एउटै मञ्च बनाउने प्रक्रिया सुरु भैसकेको बताउँदै उनले अव नेपालमा वामपन्थीको विजयीलाई कसैले रोक्न नसक्ने दाबी समेत गरेका छन् । कार्यक्रममा एमालेको तर्फबाट प्रतिनिधिसभा क्षेत्र नंबर १ (ख) का उम्मेद्वार डोरमणी पौडेल, एमाले मकवानपुरकी अध्यक्ष मुनु सिग्देल, प्रतिनिधिसभा निर्वाचन क्षेत्र नंबर १ निर्वाचन परिचालन समिति संयोजक बद्री लम्साल, एमालेका मोर्चा विभाग प्रमुख श्रीधर पोखरेल, माओवादी केन्द्रका वालकृष्ण चौलागाँई लगाएतको उपस्थिती रहेको थियो । 
 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif