Sunday, 23rd August, 2026
वि.स.

४ लाख अवैध भारतीय रकमसहित एक पक्राउ

pakrau1-1601719327.jpg

सशस्त्र प्रहरी बल कृष्णनगर कपिलवस्तुले कृष्णनगरमा भारतबाट अवैध रुपमा भित्र्याइएको ४ लाख भारतीय रकमसहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कृष्णनगरका ५४ वर्षीय पप्पु गुप्ता रहेका छन् । उनलाई कृष्णनगर नगरपालिका– ३ लक्ष्मीनगरबाट विशेष सूचनाको अधारमा सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट कृष्णनगर कपिलवस्तु प्रमुख सशस्त्र प्रहरी निरीक्षक निरन्जन राज कार्कीको कमाण्डमा खटिएको टोलीले उक्त रकमसहित पक्राउ गरेको हो ।

बिशेष सूचनाको आधारमा चेकजाँच गर्दा लुकाईछिपाई ल्याउँदै गरेको अवैध ४ लाख भारतीय रकम गुप्ताको साथबाट बरामद भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, उक्त रकम ५ सयको ४०० थान र २ हजारको १०० थान गरी भारतीय चार लाख जस्को नेपाली रकम ६ लाख ४० हजार हुन्छ ।

गुप्तालाई आवश्यक कारबाहीको लागि राजस्व अनुसन्धान कार्यालय बुटवल रूपन्देहीमा बुझाउने तयारी भइरहेको जनाएको छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif