Friday, 21st August, 2026
वि.स.

३६३७ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमणमुक्त हुनेको संख्या एक लाख नाघ्यो

gautam-1603364150.jpg

पछिल्लो २४ घण्टामा नेपालमा तीन हजार ६३७ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा संक्रमितको संख्या एक लाख ४८ हजार ५०९ पुगेको छ। 

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौं उपत्यकामा मात्र बिहीबार १५ सय ५२ जनामा संक्रमण पुष्टि भएको छ। 

गौतमका अनुसार नेपालमा सक्रिय संक्रमितको संख्या ४४ हजार ८७७ पुगेको छ। अहिले संस्थागत आइसोलेशनमा १३ हजार ३३९ जना रहेका छन् भने होम आइसोलेशनमा ३१ हजार ५३८ जना छन्। यस्तै क्वारेन्टाइनमा तीन हजार ७५१जना छन्।  

काठमाडौंमा १२ सय ८३, ललितपुरमा १५७  र भक्तपुरमा ११२ गरेर उपत्यकामा १५ सय ५२ जनामा संक्रमण पुष्टि भएको  ३  मन्त्रालय प्रवक्ता गौतमले जानकारी दिए। बिहीबार ३२ सय १५ जनाले कोरोना जितेर डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ। योसँगै कुल डिस्चार्ज हुनेको संख्या एक लाख दुई हजार ८२० पुगेको छ। 

२४ घण्टामा २१ जनाको कोरोनाकै कारण मृत्यु भएसँगै कोरोनाले ज्यान गुमाउनेको संख्या नेपालमा ८१२ पुगेको छ । 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif