nakuhine-bastu-sankalan-1706086939.jpg
Saturday, 20th April, 2024
वि.स.
1000043965-1707579226.jpg

२ जेठमै फर्कियो थाहानगर एमाले
बिष्णुप्रसाद ढकालको अध्यक्षतामा बैठक, अच्युत्तमप्रसाद ढकालको अध्यक्षतामा कमिटी गठन

191503322_828587678027845-1632052062.jpg

पार्टीको केन्द्रीय निर्णयबमोजिम नेकपा एमाले थाहा नगर २०७५ जेठमै फर्किएको छ । सोही संरचनाअनुसार आइतबार एमाले थाहानगरको बैठक सम्पन्न भएको एमाले जिल्ला कमिटी सदस्य बुद्धरत्न मानन्धरले बताए । 

२ जेठ २०७५ अघि संयोजक रहेका विष्णुप्रसाद ढकालको अध्यक्षतामा शनिबार एमाले थाहा नगरकमिटीको बैठक बसेको हो । एमाले केन्द्रीय सदस्य एवम् जिल्ला इन्चार्ज  रामेश्वर रानाको प्रमुख आतिथ्यतामा भएको बैठकले अच्युत्तमप्रसाद ढकालको संयोजकत्वमा ७५ सदस्यीय नगर अधिवेशन आयोजक समिति गठन गरेको छ । यसअघि संरचनामा रहेको एमाले थाहा नगर कमिटीलाई नै नगर अधिवेशन आयोजक कमिटीको रुपमा घोषणा गरिएको एमालेले जनाएको छ । 

नगर अधिवेशन आयोजक कमिटीको सचिबमा कुमार नेगी चयन भएका छन् । एमाले जिल्ला कमिटी सचिवालय सदस्यसमेत रहेका विष्णुप्रसाद ढकालले नगर कमिटीको घोषणा गरेका थिए । सो कमिटीले आगामी ९ कात्तिकमा नगरअधिवेशन सम्पन्न गर्नेछ । वडा अधिवेशन भने ६ कात्तिकमा तोकिएको छ । 

बैठकमा प्रमुख अतिथि राना, जिल्ला कमिटी सदस्य बुद्धरत्न मानन्धर, शशिधर सुवेदी लगायतले मन्तव्य व्यक्त गरेका थिए । सो अवसरमा थाहामा रहेका अधिकाँस एमाले जिल्ला सदस्यहरु सहभागी थिए । 



https://www.thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)