Monday, 24th August, 2026
वि.स.

२४ घण्टामा ५२५ जनामा कोरोना संक्रमण

gautam-1597315623.jpg

नेपालमा पछिल्लो २४ घण्टामा ५२५ जनामा कोरोना  संक्रमण पुष्टि भएको छ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार योसँगै संक्रमितको कुल संख्या २४ हजार ९५७ पुगेको छ। 

देशभर सक्रिय संक्रमितको संख्या ८ हजार २५ रहेको छ। पछिल्लो २४ घण्टामा ९ हजार ४५९ जनाको पीसीआर परीक्षण गरिएको छ। 

पछिल्लो २४ घण्टामा १०९ जना डिस्चार्ज भएका छन्। अहिलेसम्म कोरोना जित्नेको संख्या १६ हजार ८३७ पुगेको छ।  डिस्चार्ज हुनेको यो संख्या कुल संक्रमितमध्ये ६८।४ प्रतिशत रहेको मन्त्रालयका प्रवक्ता गौतमले जानकारी दिए। 

प्रवक्ता गौतमका अनुसार ७३ पुरुष र २२ महिला गरेर मृतकको संख्या ९५ पुगेको छ।  मन्त्रालयका अनुसार अहिले आइसोलेसनमा सात हजार २०१ रहेका छन् भने क्वारेन्टाइनमा ११ हजार ५८  रहेका छन्। 

पर्सा, रौतहट, महोत्तरी र काठमाडौंमा पाँच सय बढी संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।  



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०