Saturday, 22nd August, 2026
वि.स.

२४ घण्टामा ४३ सय ९२ जनामा संक्रमण :२१ जनाको मृत्यु

gautam-1602845858.jpg

पछिल्लो २४ घण्टामा नेपालमा चार हजार तीन सय ९२ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा संक्रमितको संख्या एक लाख २६ हजार १३७ पुगेको छ। 

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार काठमाडौं उपत्यकामा मात्र शुक्रबार २४ सय २ जनामा संक्रमण पुष्टि भएको छ। 

गौतमका अनुसार नेपालमा सक्रिय संक्रमितको संख्या ३७ हजार ३८२ पुगेको छ। अहिले संस्थागत आइसोलेशनमा १२ हजार ३३६ जना रहेका छन् भने होम आइसोलेशनमा २५ हजार ४६ जना छन्। यस्तै क्वारेन्टाइनमा चार हजार ४०८ जना छन्। 

शुक्रबार तीन हजार ५२२ जना डिस्चार्ज भएका छन्। योसँगै नेपालमा कोरोना जित्नेको संख्या ८८ हजार ४०पुगेको छ। यो कुल संक्रमितको ६९ दशमलव ८ प्रतिशत हो। 

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २१ जनाको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या ७१५ पुगेको छ।  



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif