Saturday, 22nd August, 2026
वि.स.

२४ घण्टामा २९ सय ४२ संक्रमित थपिए : १२ जनाको मृत्यु

gautam-1603018350.jpg

पछिल्लो २४ घण्टामा नेपालमा २९ सय ४२ जनामा कोरोना भाइरस ९कोभिड–१९० संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा संक्रमितको संख्या एक लाख १२ लाख ८३ हजार ३५४ पुगेको छ। 

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार काठमाडौं उपत्यकामा मात्र आइतबार १६ सय ९८ जनामा संक्रमण पुष्टि भएको छ। जसमध्ये काठमाडौंका मात्र १४ सय ६९, भक्तपुरमा ९९ र ललितपुरका १३०  संक्रमित थपिएका हुन् । 

गौतमका अनुसार नेपालमा सक्रिय संक्रमितको संख्या ३९ हजार ३४१ पुगेको छ। अहिले संस्थागत आइसोलेशनमा १२ हजार ३३३ रहेका छन् भने होम आइसोलेशनमा २६ हजार ४०८। जना छन्। यस्तै क्वारेन्टाइनमा चार हजार ८३१ जना छन्। 

आइतबार २३ सय २६ जना डिस्चार्ज भएका छन्। योसँगै नेपालमा कोरोना जित्नेको संख्या ९२ हजार १६६ पुगेको छ। यो कुल संक्रमितको ६९ दशमलव सात प्रतिशत हो। 

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२ जनाको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या ७३९ पुगेको छ।   

मन्त्रालयका अनुसार पाँच सय बढी संक्रमित हुने जिल्लामा मोरङ, सुनसरी, मकवानपुर, सुर्खेत, ललितपुर, काठमाडौं, भक्तपुर, चितवन, दाङ, बाँके, कास्की, रुपन्देही हुन् । अहिलेसम्म ७७ जिल्लामध्ये मुस्ताङमा मात्र कोरोना संक्रमण देखिएको छैन । 

मन्त्रालयका अनुसार अहिले आईसीयू ३०१ र भेन्टिलेटर  ६६ जनाको उपचार भइराखेको छ ।  



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif