Monday, 24th August, 2026
वि.स.

२४ घण्टामा २४६ जनामा कोरोनाको सङ्क्रमण

gautam-1596366069.jpg

 गएको २४ घण्टामा नेपालमा थप दुई सय ४६ जनामा कोरोनाकाे सङ्क्रमण पुष्टि भएको छ ।

आठ हजार आठ सय ६१ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा दुई सय ४६ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । योसँगै सङ्क्रमित हुनेको कुल सङ्ख्या २० हजार तीन सय ३२ पुगेको छ ।

यस्तै गएको २४ घण्टामा एक सय ११ जना सङ्क्रमित उपचारपछि निको भएर घर फर्किएका छन् । योसँगै डिस्चार्ज हुनेको सङ्ख्या १४ हजार ६ सय तीन पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिP ।

अब पाँच हजार तीन सय ६२ जना सक्रिय सङ्क्रमित आइसोलेसनमा रहेका छन् । यस्तै १० हजार नौ सय ३४ जना क्वरेण्टीनमा रहेका छन् । 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif