Sunday, 23rd August, 2026
वि.स.

२४ घण्टामा १२०४ जनामा संक्रमण: १४ सय ४७ डिस्चार्ज

corona-virous-1600512751.jpg

नेपालमा  कोरोना भाइरस ९कोभिड–१९० संक्रमणको ग्राफ बढ्दै गएको छ। 

पछिल्लो २४ घण्टामा नेपालमा १२ सय ४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा।डा। जागेश्वर गौतमले जानकारी दिए। योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ६२ हजार ७९७ पुगेको छ। 

 बिहीबार १२ सय ४६, शुक्रबार २०२० जनामा संक्रमण पुष्टि भएको थियो । शुक्रबारको तुलनामा शनिबार ५० प्रतिशत बढी नै संक्रमितको संख्या घटेको छ । 

प्रवक्ता गौतमका अनुसार १७ हजार १२९ कोरोनाका सक्रिय संक्रमित छन्। यस्तै होम आइसोलेसनमा ७ हजार ९४८ रहेका छन् भने संस्थागत आइसोलेसनमा ९ हजार १५३ जना रहेका छन्। 

२४ घण्टामा १४ सय ४७ जना कोरोना जितेर डिस्चार्ज भएका छन्। योसँगै कुल डिस्चार्ज हुनेको संख्या ४५ हजार २३६ पुगेको छ।  कोरोनाले २४ घण्टामा ११ जनाको मृत्यु भएको छ। योसहित नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४०१ पुगेको छ। 

मोरङ, सुनसरी, सिरहा, काठमाडौं, ललितपुर, चितवन, भक्तपुर, र रुपन्देहीमा कोरोनाका पाँच सय बढी बिरामी रहेका छन् भने सोलुखु्म्बू, म्याग्दी, मुस्ताङ,  डोल्पा, रसुवा, मुगु र हुम्ला कोरोनाका शून्य बिरामी रहेका छन्।  

मन्त्रालयका अनुसार १७९ जनाको आइसीयूमा र ३५जनाको भेन्टिलेटर उपचार भइराखेको छ।  



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif