Friday, 21st August, 2026
वि.स.

२४ घण्टामा तीन हजार ९३ संक्रमित थपिए : २१०८ डिस्चार्ज

gautam-1603192172.jpg

नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या ४१ हजार ७७५ पुगेको छ। पछिल्लो २४ घण्टामा ३ हजार ९३ जनामा संक्रमण देखिएसँगै संक्रमितको संख्या १ लाख ३९ हजार १२९ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिए। 

यस्तै मन्त्रालयका अनुसार संस्थागत आइसोलेसनमा १३ हजार ५५९ जना रहेका छन् भने २८ हजार १९६ होम आइसोलेसनमा छन्। यस्तै क्वारेन्टाइनमा ४ हजार २२० जना रहेका छन्। 

मंगलबार २१ सय ८ जनाले कोरोना जितेर डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ। योसँगै कुल डिस्चार्ज हुनेको संख्या ९६ हजार ६०९ पुगेको छ। 

आइसीयूमा २७३ र ६३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ। नेपालमा कोरोनाबाट ७६५ जनाको मृत्यु भएको छ। मंगलबार मात्रै ८ जनाको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ।   



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif